coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अनाथ विपन्न बालबालिकालाई झोला वितरण

डोल्पा – डोल्पाका अनाथ,असहाय,आर्थिक विपन्न बालबालिकालाई झोला वितरण गरिएको छ।यहाँको त्रिपुरा सुन्दरी नगरपालिका अन्र्तगत वडा नं १ का दुई वटा विद्यालय र  एक अनाथ आश्रमका बालबालिकालाई त्रिपुरा सुन्दरी केन्द्र भक्तपुरको आयोजनामा डोल्पाको त्रिपुरासुन्दरी भगवतीको मन्दिर प्राङगणमा झोला वितरण गरिएको हो।

बाला त्रिपुरा सुन्दरी शक्ति केन्द्र परिवारले त्रिपुरा मावि काटिया चौरका ८ जना,हिमज्वती प्राविका ११ जना र महिला सामुदायिक सेवा केन्द्रमा संचालित अनाथ बालबालिका केन्द्रमा आश्रित ११ जना बालबालिका सहित ३३ जना अनाथ,असहाय र विपन्न बालबालिकालाई झोला वितरण गरिएको हो।

यसैबीच डोल्पा जस्तो विकट ठाउँमा पनि आफ्नै निजी स्रोतमा अनाथ बालबालिका संरक्षण केन्द्र खोलेर असहाय बालबालिकाको संरक्षणमा सहयोग पर्याउदै आएका त्रिपुरासुन्दरी नगरपालिका १ कोट बगरका दिलबहादुर विष्ट र दिमाया विष्टलाई नगद ५ हजार १२१ रुपैयाँ समेत केन्द्रकी त्रिपुरासुन्दरी उपमा दिइएकी माताले प्रदान गरेकी थिईन।

बाला त्रिपुरा सुन्दरी माताका १८ जना भक्तजन तथा सेवकहरुलाई पनि झोला वितरण गरिएको बाला त्रिपुरा सुन्दरी शक्ति केन्द्रले जनाएको छ।

प्रकाशित: १० चैत्र २०७४ ०७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App