७ वैशाख २०८१ शुक्रबार
समाज

‘द्वन्द्वपीडितहरू संगठित

रुकुम पश्चिम – रुकुमको त्रिवेणी गाउँपालिकाका द्वन्द्वपीडितहरु संगठित भएका छन्। ‘द्वन्द्वपीडितहरूको गाउँपालिका स्तरीय सञ्जाल’ गठन गरी उनीहरू संगठित भएका हुन्।

उनीहरूको पक्षमा वकालत गर्न र समस्या पहिचानका लागि संगठित भएको द्वन्द्वपीडितहरूको भनाई छ। हरप्लेसबाट सञ्चालित संक्रमणकालिन न्याय र शान्ति प्रवद्र्धनका लागि स्थानीय क्षमता विकास परियोजना अन्र्तगत साविक रुँघा, खारा, मुरु र पेउघा गाविसमा गठन गरिएका संक्रमणकालिन न्याय तथा शान्ति मञ्चका सदस्यहरू मध्येबाट छनोट गरिएका १३ जना द्वन्द्वपीडितहरुको सहभागितामा उक्त सञ्जाल गठन गरिएको छ।

रुँघाका ओमप्रकाश बोहराको अध्यक्षतामा गठन गरिएको सञ्जालको उपाध्यक्षमा पेउघाका निर्मलकुमार चन्द, सचिवमा पेउघाकै शेरमान खड्का, सहसचिवमा खाराका सुरशा खत्री र कोषाध्यक्ष मुरुका पूर्णबहादुर खड्का रहेका छन्। सञ्जालको नियमित बैठक बसेर गाउँपालिका लगायत अन्य सहयोगी निकायसँग सहकार्य गरेर पीडितका पक्षमा विभिन्न गतिविधि सञ्चालन गरिने सञ्जालका अध्यक्ष ओमप्रकाश बोहराले बताए।

सबै काम नयाँ संरचना अनुसार भइरहेको अवस्थामा द्वन्द्वपीडितका सवालमा भने साविक गाविस भन्दा असहज हुने भएकोले साविकका सबै गाविसबाट प्रतिनिधित्व हुने गरी गाउँपालिका स्तरीय सञ्जाल बनाइएको उनको भनाई छ। द्वन्द्वपीडितहरूका पक्षमा यस सञ्जालले काम गर्ने छ।

प्रकाशित: १० चैत्र २०७४ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App