coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बेनी–जोमसोम–कोरला सडकखण्डको बेलीव्रिज जीर्ण

बेनी – बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–९ गलेश्वरमा राहुघाट नदी माथि बनेको बेलिब्रिज मर्मत सम्भारको अभावमा जीर्ण बनेको महिनौं बितिसक्दासमेत सम्बन्धित निकायले चासो देखाएका छैनन्। 

दैनिक दर्जनौ साना तथा ठूला सवारीसाधन आवतजावत गर्ने राहुघाट नदीमा बनेको पुलको अधिकांस भागमा प्वाल परेपनि मर्मतमा ध्यान पुग्न सकेको छैन् । उत्तर–दक्षिण अन्तरदेशीय व्यापारिक महत्वको सडक आयोजनाको धमाधम स्तरोन्नति भइरहेको अवस्थामा निर्माण साम्रगी, डोजर लगाएत हेभी मेसिनसमेत आवतजावत गर्ने पुलमा कुनैपनि बेला दुर्घटना हुन सक्ने सम्भावना रहेको स्थानीयवासीको भनाइ छ। 

पुलको बीच भाग र दायाँबायाँको भागमा प्वाल परेको छ । जीर्ण पुलको मर्मतका लागि सडक विभाग, बेनी–जोमसोम–कोरला सडक आयोजनालाई जानकारी गराउँदासमेत मर्मत नभएको स्थानीयले बताएका छन्। 

‘दुर्घटनाको सम्भावना अधिक छ । पुलका पातासमेत छियाछिया हुनलागेको छ, स्थानीय भरत रकालले भने। पुलमा दुर्घटना भए राहुघाट नदीमा खस्ने सम्भावना रहेकाले मर्मत गर्न माग गरिएको छ। 

पुलमा परेको प्वालमा ठूला सवारी साधनका चक्काले क्षति पुगेको छ। मोटरसाइकलसहितका दुइपाङ्ग्रे सवारीसाधनलाई आवतजावतमा निकै सास्ती हुने गरेको छ। 

नेपाली सेनाले २०६४ सालमा सो पुल निर्माण गरेको थियो। बेनी –जोमसोम– कोरला सडक अन्तर्गत १८६ किलोमिटरमा ११ मिटर फराकिलो दुई लेनको कालोपत्रे सडकमा रहेका पुराना बेलीबिज्र विस्थापित गरिने आयोजना प्रमुख नगेन्द्र सुबेदीले बताए। 

‘जीर्ण पुललाई सामान्य मर्मत गरिन्छ। केही महिनाभित्र पक्की पुलको निर्माणकार्य सुरु हुन्छ’ उनले भने। बेनीदेखि जोमसोमसम्म तत्कालिन समयमा सेनाले बनाएका बेलीब्रिज जीर्ण अवस्थामा रहेको आयोजनालाई समेत जानकारी रहेको उनको भनाइ छ। 

छिमेकी देश भारत र चीनलाई जोड्ने सडकखण्डको अनुगमनका क्रममा पुलको तत्काल मर्मत आवश्यक देखिएको छ। 

प्रकाशित: १० चैत्र २०७४ ०६:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App