८ वैशाख २०८१ शनिबार
समाज

स्वास्थ्य चौकीलाई निःशुल्क जग्गा दान

बाबियाचौर – बेनी नगरपालिका–५ पुलाचौरमा रहेको स्वास्थ्य चौकीलाई स्थानीयले चार लाखभन्दा बढी मूल्य पर्ने जग्गा उपलब्ध गराएका छन्। 

स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीय पाँच जनाले चार लाख पाँच हजार मूल्य बराबरको एक रोपनी ११ आना जग्गा उपलब्ध गराएका हुन्। 

यसैगरी थप एक रोपनी १४ आना तीन पैसा जग्गा खरिद गरिएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य रामप्रसाद सुवेदीले जानकारी दिए। 

यामप्रसाद श्रेष्ठले आठ आना, ताराप्रसाद श्रेष्ठले चार आना, टेकप्रसाद श्रेष्ठले छ आना, रुपनारायण श्रेष्ठले सात आना र भगवती सुवेदीले दुई आना जग्गा उपलब्ध गराएका हुन्। 

निःशुल्क प्राप्त भएको र खरिद गरिएको तीन रोपनी एक आना क्षेत्रफलको जग्गामा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले भवन निर्माणको काम सुरु गरेको छ । दुई करोड १० लाख लागत अनुमान गरिएको भवन निर्माणका लागि जुम्ली आचार्य तिलक जेभीले १६ प्रतिशत घटेर ठेक्का लिएको छ। 

प्रकाशित: १० चैत्र २०७४ ०६:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App