७ वैशाख २०८१ शुक्रबार
समाज

विद्यार्थीलाई धम्काउँदै गोजीबाटै खोसे प्रहरीले चिट

सांकेतिक तस्बिर

रुकुम पूर्व – पूर्वी रुकुमको रुकमणी माविमा एसइई परीक्षा दिइरहेका परिक्षार्थीहरूले प्रहरीले आफूहरूलाई धम्काउँदै चिट खोसेको आरोप लगाएका छन्। 

विहीबार भएको पहिलो परीक्षामा एक्कासी आएका प्रहरीले तत्काल चिट झिक्न भन्दै चेक गर्न थालेपछि विद्यार्थीहरू अलमलिएका थिए । अधिकांश विद्यार्थीले आफूले बोकेको गेस पेपर र चिट फाले । केहीले झिकेनन् र प्रहरी आफैँले उनीहरूको गोजीबाट चिट निकाली उनीहरूलाई १० मिनेट परीक्षाबाट रोक लगायो। 

प्रहरीको यस्तो हर्कत देखेपछि परीक्षा दिइरहेका विद्यार्थीहरू त्रसित भएका थिए । ‘हामी परीक्षा दिइरहेका थियौँ, प्रहरीले धम्कीको भाषामा हामीलाई थर्कायो’ एक विद्यार्थीले भने। 

‘परीक्षाको तयारी विषयक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले प्रहरी परीक्षा कोठाभित्र नजाने बताएका थिए। तर प्रहरीले परीक्षाकोठाभित्रै गएर चिट नै झिक्यो’ उनले भने।

पूर्वी रुकुमका प्रहरी निरीक्षक दिवाकर रिजालले  प्रहरी परीक्षा कोठामा गएको स्वीकार गरेपनि चिट, गेस पेपर निझिकेको दाबी गरे। 

प्रकाशित: ८ चैत्र २०७४ १०:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App