coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

तिमीसँगमा आकाश र साम्राज्ञीको प्रीत

काठमाडौं– नेपालको हिमाली भेगमा छायांकन गरिएको फिल्म ‘तिमीसँग’को शीर्षगीत सार्वजनिक भएको छ। आगामी चैत्र २३ गतेबाट रिलिज हुने फिल्मको शीर्ष गीतमा आकाश श्रेष्ठ र साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेका छन्। 

लेखु सहयात्रीले लेखेको गीतमा राहुल मुखर्जीको संगीत तथा राहुल र मधुरा भट्टाचार्यको स्वर छ । घान्द्रुक, पुनहिल, अन्नपूर्ण बेसक्यापमा छायांकन गरिएको गीतमा शिशिर खातीको कोरियोग्राफी छ।

राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीतमा अभिनय गर्दा निकै गाह्राे परेको अभिनेत्री साम्राज्ञीले बताइन्। ‘वरीपरी हिउँ परेको थियो । निकै चिसो मौसममा पनि राम्रो गीतमा अभिनय गर्न पाइयो,’उनले भनिन्,‘हामी सबैको मेहनतलाई दर्शकले पक्कै पनि स्वीकार्नु हुनेछ । यो गीतको सुटिङ गरिरहँदा जाडोको मौसममा अभिनय गर्ने गीत चाहिँ मेरै भागमा पर्दो रहेछ कि जस्तो लागेको थियो  ।’ साम्राज्ञीले यसअघि ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’मा पनि हिमाली भेगमै एक एक गीत सुटिङ गरेकी थिइन्। 

नायक आकाश श्रेष्ठ र नाजिर हुसेनले नयाँ टिमसँग फिल्ममा काम गर्दा रमाइलो भएको बताए । कार्यक्रममा अतिथिका रुपमा पुगेकी कलाकार तथा निर्देशक दीपाश्री निरौलाले गीत टिनएजर दर्शकको रोजाइमा पर्ने बताइन्।

फिल्मका निर्माता तथा निर्देशक शिशिर राणाले फिल्मले अहिलेको युवापुस्ताको प्रेमलाई प्रतिनिधित्व गर्ने बताए। कार्यक्रममा फिल्ममा समावेश ५ गीतको अडियो पनि सार्वजनिक गरिएको थियो । फिल्ममा शिशिर राणा, अनुपम श्रेष्ठको पनि अभिनय छ । तर बुधबार सार्वजनिक गीत बलिउड फिल्म ‘बागी’को ‘सब तेरा’ बोलको गीतसँग प्रभावित भएको भन्दै सामाजिक सञ्जालमा आलोचनामा परेको छ। 

प्रकाशित: ८ चैत्र २०७४ ०४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App