coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आगो निभाउन १० वटा दमकलको प्रयोग, दुई जना घाइते

काठमाडौं– काठमाडौँ महानगरपालिका कार्यालय छेउमा रहेको सालीमार होटल तथा रेष्टुरेन्टमा बुधबार साँझ आगलागी हुँदा दुई जना घाइते भएका छन्। 

आगलागीमा परेर निसासिएका उदयपुरकी कल्पना मगर र दाङका जयराम डगौराको तिनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते मगर उक्त रेष्टुरेन्टकी कामदार हुन् भने डगौरा सुरक्षा गार्ड भएको जनाइएको छ। विद्युत चुहिएर आगलागी भएको शंका गरिएको छ। 

अनुप अग्रवाल समूहको सञ्चालनमा रहेको उक्त रेष्टुरेन्टमा भएको आगो निभाउन १० वटा दमकललाई करीब दुई घण्टा लागेको थियो। साँझ ६ः०० बजे लागेको आगो ८ः०० बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विपद् व्यवस्थापन टोली उक्त आगलागी नियन्त्रणमा खटिएका थिए। भूइँतलामा भएको उक्त आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ७ चैत्र २०७४ १५:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App