७ वैशाख २०८१ शुक्रबार
समाज

बलात्कार प्रयास आरोपमा शिक्षक पक्राउ

सुर्खेत- दुई छात्रालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पञ्चपुरी–१० जामुको जनज्योति निमाविका शिक्षक युवराज शर्मालाई पक्राउ गरेको छ। कक्षा ७ मा अध्ययरत दुई बालिकालाई ‘चोखोपन’सँगै यौन उत्तेजना बढाउने औषधि दिएर आइतबार राति शर्माले बलात्कार प्रयास गरेका थिए।

छात्राहरु सुतिरहेको कोठाभित्र राति १२ बजे प्रवेश गरेका उनी स्थानीयहरुले पक्राउ गरेर प्रहरीलाई बुझाएका थिए। इलाका प्रहरी कार्यालय बावियाचौरका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठका अनुसार बेलुका सात बजेतिर शिक्षक शर्माले चोखोपनसँगै यौन उत्तेजना बढाउने औषधि दिएका थिए।

‘राति बालिकाहरु सुतिरहेको बेला उनीहरुको कोठामा गएका शर्मालाई स्थानीयहरुले पक्राउ गरेका हुन्’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘हामीले आवश्यक कारवाहीका लागि बुधबार जिल्ला प्रहरी कार्यालयमा पठाएका छौं ।’ बालिकाका काकाले इलाका प्रहरी कार्यालयमा बलात्कार प्रयास गरेको भन्दै जाहेरी दिएका छन्।

 

प्रकाशित: ७ चैत्र २०७४ ०८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App