१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

भण्डारीको ‘मनको आँखा’ सार्वजनिक

काठमाडौं – २० जना दृष्टिविहिनको सघर्षशील जीवनकथामा आधारित पुस्तक ‘मनको आँखा’सार्वजनिक भएको छ। स्पाइनल कर्ड इञ्जुरी पुर्नस्थापना केन्द्र साँगाका मेडिकल डाइरेक्टर डा. राजु ढकालले पुस्तक सार्वजनिक गरेका हुन्।

पुस्तकको समिक्षा गर्दै साहित्यकार डा. देवी नेपालले पुस्तक नेपाली समाजको मानसिक रुपान्तरणको कोशेढुंगा साबित हुने बताए। उनले पुस्तकले मानसिक भ्रमको जञ्जिरमा फसेका युवा जमातलाई मार्गदर्शन गर्ने दाबी गरे। त्यस्तै डा. राजु ढकालले पुस्तकको विमोचन गर्न पाउँदा आफू गौरवान्वित भएको बताए।

पुस्तककी पात्र सृष्टि केसीले मानिसले जनावरलाई माया गर्दा ऊ नजिकको भए जस्तै मानिसले मानिसलाई इज्जत र सम्मान दिए मात्र मानसिक रुपान्तरण सम्भव हुने बताइन्। कथाका लेखक कृष्णप्रसाद भण्डारीले शारीरिक अपांगता आफैमा सफलताको बाधक नभए पनि मानसिक अपांगताले समाजलाई विकृत बनाउने जनाए।

कार्यक्रममा चिरीमाया महर्जनले आफ्नो एल्बममा रहेको एक गीत सुनाएकी थिइन्। नेपाली विषयमा एमए र बीए साथै काउन्सेलिङ मनोविज्ञानमा पोष्ट ग्राजुयट गरेका कृष्णप्रसाद आफैं हिवलचियर प्रयोगकर्ता हुन्। यसअघि उनले ‘बालबालिकालाई कसरी असल बनाउने’ र ‘ह्विलचियरको जिन्दगी’ पुस्तक प्रकाशित गरी सकेका छन्।

प्रकाशित: ७ चैत्र २०७४ ०३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App