coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

को बन्ला रुसको राष्ट्रपति ?

रुस- रुसमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार रुसी नागरिकले मतदान सुरु गरेका छन्।  रुसी महासंघको पूर्वी क्षेत्र काम्चाट्का र चोकोट्कामा आइतबार बिहान स्थानीय समय अनुसार ८ बजे मतदान सुरु गरिएको छ।

रुसको भूभाग निकै ठूलो रहेको र यसका कारण यहाँको समयमा पनि फरक पर्ने भएकोले ती बाहेकका रुसका अरु कैयौँ क्षेत्रका मतदाताले भने मतदानका लागि घन्टौँ कुर्नुपर्ने हुन्छ।

निर्वाचन अधिकारीहरुले जनाएअनुसार स्थानीय समयानुसार आइतबार बिहान ८ बजेबाट सुरु भएको मतदानको समापनका लागि अरु कैयौँघन्टा लाग्नेछ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख इल्ला पाम्फीलोभाले रुसका करिब ११ करोड नागरिक यस निर्वाचनमा मतदानका लागि योग्य भएको जानकारी दिए।

कुल मतदाता मध्ये करिब २० लाख नागरिक विदेशमा रहेको पनि उनले बताए। उनीहरुका लागि पनि विदेशमै मतदानको व्यवस्था मिलाइएको छ।

मतदानका लागि देशभित्र ९७ हजार मतदान केन्द्र तोकिएको छ भने विदेशमा रहेका रुसी नागरिकका लागि पनि चार सय भन्दा बढी मतदान केन्द्रको व्यवस्था गरिएको बताइएको छ।

झण्डै १५ सय अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरुले निर्वाचनको अनुगमन गरिरहेका पनि अधिकारीले जानकारी दिएका छन् । ती अनुगमनकर्ताहरु १०९ देशबाट आएका हुन्।

रुसका वर्तमान राष्ट्रपति भ्यादिमिर पुटिनसहित आठ जना उम्मेदवार राष्ट्रपति पदका लागि चुनावी मैदानमा हुनुहुन्छ । पुटिन स्वतन्त्र उम्मेदवार बनेर उठेका छन्।

उनीसँग प्रतिश्पर्धा गर्न लिवरल डोमोक्र्याटिक पार्टी अफ रसिया (एलडीपीआर) को तर्फबाट भ्लादिमिर झिरिनोम्सक्याफ्रम र कम्युनिष्ट पार्टी अफ द रसियन फेडेरेसन (सिपीआरएफ)को तर्फबाट व्यापारी पाभेल ग्रुडीनीन, याब्लोको पार्टीबाट ग्रिगोरी याभ्लीङकी लगायतले उम्मेदवारी दिएका छन्।

मतदानको दुइ दिनअघि रुसी जनतालाई विषेश सम्बोधनगर्दै राष्ट्रपति पुटिनले रुसको भविश्यका लागि मतदान गर्न आह्वान गरेका छन्।

रुसको संघीय संविधानअनुसार राष्ट्रपतिको कार्यकाल छ वर्षको हुनेछ । राष्ट्रपतिको उम्मेदवार हुनका लागि ३५ वर्ष पुगेको हुनुपर्ने, मतदाता नामावलीमा नाम भएको हुनुपर्ने लगायतका मापदण्डहरु तोकिएको छ। (रासस/सिन्ह्वा)

 

प्रकाशित: ४ चैत्र २०७४ ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App