८ वैशाख २०८१ शनिबार
खेल

लिभरपुल प्रिमियर लिगको तेस्रो स्थानमा,सलाहले गरे ४ गोल

इङल्याण्ड – मोहम्मद सलाहले ४ तथा रोबर्टो फिर्मिन्होेले १ गोल गरेपछि लिभरपुलले इङलिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ।

प्रतियोगिताअन्र्तगत गएराति घरेलु मैदानमा सम्पन्न खेलमा लिभरपुलका लागि सलाहले खेलको ४,४३,७७ र ८५ औं मिनेटमा गोल गर्दा ४९ औं मिनेटमा फिर्मिन्होेले अर्को गोल गोल गरेका थिए।  

जितसँगै लिभरपुल ३० खेलबाट ६३ अंक सहित लिगकोे तेस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको टोटेनह्यामको ६१ अंक छ।
गएरातिको खेलमा ४ गोल गरेसँगै सलाह युरोपको शीर्ष गोलकर्तामा सुचिमा उक्लिएका छन्। उनको प्रिमियर लिगमा गोल संख्या २८ गोल पुगेको छ।
त्यस्तै प्रिमियर लिगकै अन्य खेलहरूमा बर्नमाउथले वेष्ट ब्रोम र एभर्टनले स्टोक सिटीलाई समान २–१ तथा क्रिष्टल प्यालेसले हडल्सफिल्ड टाउनलाई २–० ले पाखा लगायो।

प्रकाशित: ४ चैत्र २०७४ ०५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App