coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

परिस्थिति वमोजिम काम गर्छु : वरिष्ठ न्यायाधीश जोशी

काठमाडौं– सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले आफूले परिस्थिती बमोजिम काम गर्ने बताएका छन्।

प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्याय परिषदले उमेर हद कायम गर्दै ६५ वर्षे उमेर हदका कारण पदमा नरहेको जानकारी गराएपछि भावी प्रधानन्यायाधीशको रुपमा हेरिएका जोशीले नागरिकन्युजसँग कुरा गर्दै परिस्थिती बमोजिम आफू काम गर्ने र तत्काल प्रतिक्रिया दिनुपर्ने केही विषय नभएको बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ गराउने क्रममा न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश पराजुली पदमा नरहेको पत्र सार्वजनिक गरेको थियो। 

परिषदले काटेको पत्रमा ‘न्याय परिषद ऐन, २०७३ को दफा ३१ मा कुनै पनि न्यायाधीश उमेरका कारणले अवकास हुने भएमा सो को जानकारी सम्वन्धित न्यायाधीश र निकायलाई गराउनु पर्नेछ भन्ने प्रवधान रहेको सन्दर्भमा सम्माननीय महोदयको यस न्याय परिषदमा सचिवालयमा रहेको नागरिकता शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट आजै मिति २०७४/११/३० को च.नं. ४२४/०७४/७५ को प्राप्त पत्र समेतका आधारमा उपरोक्त ऐनको दफा ३१ को उपदफा (७) बमोजिम समेत सम्माननीय महोदयको ६५ वर्षको उमेर २०७४/४/ २१ मा नै पूरा भइसकेको देखिन आएकोले आज मिति २०७४/११/३० को सचिवस्तरीय निर्णयानुसार सम्माननीय महोदय पदमा नरहनुभएको जानकारी गराउँछु’, उल्लेख छ।

प्रकाशित: ३० फाल्गुन २०७४ १४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App