coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

न्याय परिषदको बैठक बोलाउने तयारीमा पराजुली

काठमाडौं– न्याय परिषदका सचिवालयका सचिवले जारी गरेको पत्रप्रति प्रधानन्यायाधीशले असहमती जनाएका छन् । सर्वोच्च अदालतको उच्च स्रोतका अनुसार पदमुक्त गरिएका भनिएका प्रधानन्यायाधीश गोपाल पराजुलीले न्याय परिषदको आकस्मिक बैठक बोलाउने तयारी गरेका हुन् । 

आज अपरान्ह राष्ट्रपतिलाई सपथ गराउनु केही मिनेट अघि मात्र न्याय परिषदका सचिव नृपध्वज निरौलाले पराजुलीको उमेरको हद साउन २१ सम्म मात्र रहेको र अहिले पराजुली पदमा नरहेको पत्र काटेका थिए ।  

न्याय परिषदको अध्यक्षमा प्रधानन्यायाधीश स्वयं रहन्छन् भने सदस्यहरुमा कानुन तथा न्यायमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश र अन्य दुई सदस्य रहन्छन् । 

 

प्रकाशित: ३० फाल्गुन २०७४ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App