coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशमा बिहीवार राष्ट्रिय शोक घोषणा

ढाका– यूएस–बंगला एअरलाइन्सको जहाज दुर्घटनाका पिडितको सम्झनामा बंगलादेश सरकारले बिहीवार राष्ट्रिय शोकको घोषणा गरेको छ । 

ढाकाबाट काठमाडौ उडेको यूएस–बंगलाको विमान सोमवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । जहाजमा चालक दलका ४ सदस्यसहित ७१ जना सवार थिए। चालक दलका ४ जना सहित जहाजमा ३६ जना बंगाली नागरिक थिए । दुर्घटनामा बचेका घाइतेहरुको काठमाडौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बुधवार प्रधानमन्त्री शेख हसिना वाजेदको अध्यक्षमा बसेको मन्त्रिपरिषदको आपतकालिन बैठकले बिहीवार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णय अनुसार शुक्रवार मस्जिद, मन्दिर, चर्च र पागोडालगायत सबै धार्मिक स्थलहरुमा विशेष प्रार्थना गरिनेछ । 

 

प्रकाशित: ३० फाल्गुन २०७४ १३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App