७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘प्रधानन्यायाधीशलाई महाभियोग लगाउने तयारी’

काठमाडौं– सत्तारुढ दलले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीमाथि महाअभियोग लगाउनेबारे आन्तरिक गृहकार्य थालेका छन्। 

कर्णाली प्रदेशका मुख्यमन्त्री एवं लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाहीले प्रधानन्यायाधीश पराजुलीले आफ्नो मुद्दामा आफैले अदालतमा गतिविधि सञ्चालन गर्नु गलत भएकोले महाभियोग लगाउनेबारे आफूहरु छलफलमा रहेको जानकारी दिए। 

शाहीले भने– ‘उहाँको गतिविधि ठीक छैन, यो राम्रो होइन, प्रधानन्यायाधीशलाई महाभियोग लगाउने वा नलगाउनेबारे अहिले छलफल जारी छ, हामी छिट्टै निर्णयमा पुग्छौं, तर अहिले उहाँको विरुद्ध महाभियोग आईहाल्छ, ल्याईहालिन्छ भन्ने छैन।’
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले अदालत निश्पक्ष हुनुपर्नेमा जोड दिए। उनले भने, ‘अहिले त नेपालमा संवैधानिक अंगहरु निश्पक्ष हुन सकेका छैनन्, कहीँ न कहीँ राजनीतिक गन्ध छ, यसको अब अन्त्य गर्न जरुरी छ।’ उनले भ्रष्टाचारको विरुद्धमा लड्ने आफूहरुको अठोट रहेको पनि सुनाए। 

उनले नेपाली समाजको स्कुलिङ् नै सामन्तवाद भएकोले अहिलेपनि नेपालमा मुख्य व्यक्ति वा कुनै निकायको प्रमुख बनेपछि सामन्तवाद देखाईहाल्ने गरेको सुनाए। शाहीले संवैधानिक निकायका प्रमुखहरुदेखि सबै आ–आफ्नो क्षेत्राधिकारभित्र बस्नुपर्ने धारणा राखे। उनले भने,‘ आफ्नो क्षेत्राधिकार नाघ्ने जो कोहीलाई पनि छुट दिनुहुँदैन्, गलत गर्नेविरुद्ध महाभियोग पनि लगाउनुपर्छ।’ 

मुख्यमन्त्री शाहीले प्रधानन्यायाधीश पराजुलीविरुद्ध अहिले नै महाभियोग आईहाल्ने वा ल्याईन्छ भन्ने चाहीँ नरहेको स्पष्ट पारे। उनले भने,‘उहाँका कमजोरीहरुका बारेमा अहिले अध्ययन भैरहेको छ, महाभियोग ल्याउँदा कमजोरी किटानी नै गरेर ल्याइन्छ।’

प्रकाशित: ३० फाल्गुन २०७४ ११:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App