काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ लिएकी छन्। दोस्रो कार्याकालका लागि राष्ट्रपतिमा निर्वाचित भण्डारीलाई शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश गोपाल पराजुलीले सपथ गराए।
राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरेकी थिइन्। भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरेकी थिइन्।
उता प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपतिलाई सपथ गराई रहँदा प्रधानन्यायाधीश पदमुक्त भएको पत्र न्यायापरिषदले पठाएको थियो।
प्रकाशित: ३० फाल्गुन २०७४ ११:१५ बुधबार