७ वैशाख २०८१ शुक्रबार
समाज

५ करोडको लागतमा खानेपानी आयोजना

कञ्चनपुर – बेदकोट नगरपालिका ९ को सुन्दरपुरमा ५ करोड ६८ लाखको लागतमा खानेपानी आयोजना निर्माण थालिएको छ।

बैजनाथ मन्दिरले उपलब्ध गराएको छ कट्टा जग्गामा खानेपानी आयोजना निर्माण शुरु गरिएको हो। आयोजनाका लागि २ लाख २५ हजार लिटर क्षमताको ट्यांकी निर्माण र दुई वटा बोरिङ गाड्ने कार्य पूरा भएको बैजनाथ खानेपानी उपभोक्ता समितिका अध्यक्ष नरेश ठकुराठीले बताए।

९० लाखको लागतमा ट्यांकी निर्माण गरिएको हो। आयोजना निर्माणस्थलमा पर्खाल निर्माण गर्ने र चौकीदार बस्ने भवनसमेत निर्माण गरिएको छ। गहुँबाली भित्र्याएपछि पाइप लाइन राखिने ठकुराठीले बताए। स्थानीय बासिन्दालाई पानी उपलब्ध गराउन १ हजार धारा जडान गरिने छन्। आयोजना निर्माण भएपछि लालपुर, सुन्दरपुर र नयाँ गाउँका एक हजार ५०० परिवार लाभान्वित हुने बताइएको छ।    (रासस)

प्रकाशित: ३० फाल्गुन २०७४ ०९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App