७ वैशाख २०८१ शुक्रबार
अर्थ

कृषकलाई हाते ट्र्याक्टर वितरण

अर्घाखाँची – कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गर्न शितगंगा नगरपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ।

कृषकको माग अनुसार ५० प्रतिशत अनुदानमा शितगंगा नगरपालिकाको कृषि विकास शाखाले १० वटा हाते ट्र्याक्टर वितरण गरेको हो।

श्रम र समयको बचत तथा सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि यहाँका कृषक हाते ट्र्याक्टरतर्फ आकर्षित भएका हुन्। कृषकलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर वितरण गर्न थालेपछि उनीहरुले ट्र्याक्टरको प्रयोग बढाएका छन्।

छिटोछरितो बेमौसमी खेती गर्ने कृषकलाई हाते ट्र्याक्टर उपलब्धिपूर्ण हुने शितगंगा नरगरपालिका कृषि विकास शाखा प्रमुख थीरलाल गैरेले बताए। उनले मुख्य गरेर तरकारीखेती गर्ने किसानले सबैभन्दा बढी ट्र्याक्टरको माग गरेको बताए।

नगरपालिकाले कृषिमा प्राथमिकताका साथ काम गरिरहेको नगरप्रमुख सूर्य अधिकारीले बताए। “खेत तथा बारीको कुनाकाप्चासम्म सजिलै जोत्न सकिने भएकाले कृषकले यसको महत्व बुझ्दै गएका छन,” उनले भने। ट्र्याक्टरको प्रयोग गर्दा खेतको सबै स्थानमा एकैनासले जोत्न सकिने कृषकले बताएका छन्।    (रासस)

प्रकाशित: ३० फाल्गुन २०७४ ०९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App