coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उपराष्ट्रपतिको निर्वाचन चैत्र ९ गते

काठमाडौं- निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मिति तय गरेको छ। आयोगले चैत्र ९ गतेलाई उपराष्ट्रपति निर्वाचनको मिति तय गरेको हो।

चैत्र १ गते मतदाता नामावली प्रकाशन, २ गते उजुरी उपर छानविन र अन्तिम नामावली प्रकाशन, ३ गते मनोनयन दर्ता र ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

चैत ९ गते विहान १० वजेदेखि अपरान्ह ३ बजेसम्म संसद भवन वानेश्वरमा मतदान हुनेछ। राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भइसकेकी छन्। संविधान अनुसार राष्ट्रपति र उपराष्ट्रपति फरक लिङग र समुदायका व्याक्ति हुनु पर्छ। राष्ट्रपतिको मतगणना ९ गते अपराह्न ४ बजेपछि गणना हुने निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: ३० फाल्गुन २०७४ ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App