७ वैशाख २०८१ शुक्रबार
समाज

ठूलो परिमाणमा घरेलु मदिरा नष्ट

काठमाडौं – महानगरीय प्रहरी प्रभाग गोंगबुले ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ।

प्रभागले गोंगबु बसपार्क क्षेत्रका विभिन्न भट्टी तथा होटलमा छापा मार्दा फेला परेको अवैध एक हजार लिटर मदिरा बुधबार विहान नष्ट गरेको हो।

प्रभागका प्रमुख प्रताप पौडेलले गोंगबु क्षेत्रलाई घरेलु मदिरा मुक्त क्षेत्र बनाउने योजना अनुसार सुरु भएको अभियानमा एक हप्तामा तीन हजार लिटर घरेलु मदिरा नष्ट गरिएको जानकारी दिए।

“मदिरा मुक्त क्षेत्र बनाउन टोल सुधार समिति, महिला समूह र स्थानीय प्रतिनिधीको रोहवरमा मदिरा नष्ट गरेका हौं”– उनले भने। घरेलु मदिरा सेवनसँगै आवेशमा आएर अपराधजन्य घटना घट्ने भएकाले उक्त मदिरा नष्ट गरिएको प्रभागले जनाएको छ।    (रासस)

प्रकाशित: ३० फाल्गुन २०७४ ०७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App