coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एमभी दुगड ग्रुप ४६ वर्षदेखि अटोमोबाइल्स बिजनेसमा

काठमाडौं – नेपालमा एमभी दुगड़ ग्रुपले अटोमोबाइल्स बिजनेसमा ४६ वर्ष बिताएको छ । अटोमोबाइल्स क्षेत्रमा करीब पाँच दशक अनुभव भएको दुगड ग्रुपले पछिल्लो समय भने फरक व्यवसाय गर्ने योजना ल्याएको छ। 

एमभी दुगड गु्रप अन्र्तगत सञ्चालित दुगड ब्रदर्स एन्ड सन्स प्रालिका उपाध्यक्ष विवेक दुगडले राष्ट्रिय गौरवका योजना र पूर्वाधार निर्माणको लागि लोडकिङ साधन, जलविद्युत क्षेत्र र इ–इलेक्ट्रिक क्षेत्रमा लगानी गर्ने बताए।  

एमभी दुगड़ ग्रुपले सुरुवातमा अलविन निसान नामका गाडीहरु बिक्री वितरण गरेको थियो । उसले भारतस्थित बहुराष्ट्रिय कम्पनी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडसँग व्यावसायिक सहकार्य गरेर राष्ट्रिय गौरव आयोजना निर्माणका लागि गाडीमा (लोड किङ) लगानी बढाएको छ। 

‘एमभी दुगडले सन् १९९२ मा महिन्द्रा एन्ड महिन्द्रासँग सहकार्य गरेको हो । २६ वर्षदेखि एमभी महिन्द्राबीच व्यावसायिक सहकार्य हुँदै आएको छ । नेपालमा महिन्द्राका व्यावसायिक गाडीहरु लोडकिङ, मिनी ट्रक र ट्रिपरहरु बिक्री वितरण गरिरहेका छौं,’ उपाध्यक्ष दुगडले भने, ‘लोडकिङ सेग्मेन्ट अन्र्तगत मिनी ट्रक र मिनी टिपर पूर्वाधार निर्माण र विकासका लागि प्राथमिकताको साधन बनेको छ। भूकम्पपछिको पुनःनिर्माणमा पनि लोडकिङ साधन अति आवश्यक भएकाले यसमा थप लगानी बढाएका छौं ।’ 

महिन्द्रा र एमभी ग्रुपबीचको यात्राका क्रममा विभिन्न चुनौती समेत सामना गर्नुपरेको उनको भनाइ छ। उनका अनुसार महिन्द्राका उत्पादनलाई नेपालको बजारमा स्थापित गर्न ठूलो लगानी गर्नुपरेको थियो। 

दुगडको २२ सहरमा शाखा, २५ वटा सर्भिस टच पोइन्ट 

दुगड ग्रुपले नेपालको विभिन्न सहरमा २२ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। यस्तै, १४ वटा डिलर र १८ वटा अत्याधुनिक वर्कसप राखिएका छन्। 

२५ वटा सर्भिस टच पोइन्टमार्फत महिन्द्राको सवारी बिक्रीपछि गुणस्तरीय सेवा दिइरहेको छ। एमभी दुगड गु्रपले महिन्द्राको व्यवसाय विस्तार गर्ने क्रममा तीन सय ५० भन्दा बढीलाई रोजगारी दिएको छ। दुगडले महिन्द्राको ६५ युनिटबाट गाडी बिक्री सुरु गरेको थियो । अहिले वार्षिक दुई हजार युनिटभन्दा बढी गाडी बिक्री गर्छ।  

२०१८ सम्म आइपुग्दा नेपालमा महिन्द्राको कमर्सियल भेइकल (एलसिभी) लाइट सेग्मेन्टमा लोडकिङ मिनी ट्रक र मिनी ट्रिपर पहिलो नम्बरमा रहेको कम्पनीको दाबी छ । विगत ७ वर्षअघि सुरु गरिएको स्मल कमर्सियल भेइकल (एससिभी)  सेग्मेन्टमा म्यासिमो र सुप्रो नामका गाडीले नेपाली अटोमोबाइल क्षेत्रमा व्यावसायिक सफलता हासिल गरेको ग्रुपका उपाध्यक्ष दुगडले बताए।  

पछिल्लो दुई वर्षमा समय मै हेभी कमर्सियल भेइकल (एचसिभी) सेग्मेन्टमा १० चक्के ट्रिपर÷बाह्र चक्के ट्रकहरुले पनि ग्राहकको विश्वास जित्न सफल भएको दुगड ग्रुपले जनाएको छ। 

लोडकिङको बजार हिस्सा ७५ प्रतिशत 

नेपालको पूर्वाधार विकास तथा निर्माणमा लोडकिङ मिनी ट्रक र मिनी ट्रिपरको बजार हिस्सा ७५ प्रतिशत पुगेको छ । १५ वर्षअघि लोडकिङको बजार ६५ प्रतिशत रहेको कम्पनीले जनाएको छ । अबको लोडकिङ क्षेत्रमा एकछत्र बजार आफ्नो कम्पनीले कब्जा गर्ने ग्रुपका उपाध्यक्ष दुगडको भनाइ छ। लोडकिङ मिनी ट्रक कमर्सियल भेइकल हो । २०१८ मा थप १० वटा नेटवर्किङ बिजनेस थप्ने कम्पनीले जनाएको छ। 

रोयल इन्फिल्ड बाइक, पियाजिओ थ्री ह्विलर 

दुगडले नेपालमा रोयल इन्फिल बाइक २००२ बाट बिक्री सुरु गरेको थियो । हेड अफ अप्रेसन रोयल इनफिल्डका मेघराज पौडेलले सुरुवातमा ५० वटा बाइकबाट बिक्री सुरु गरेको बताए । विभिन्न मेला, उत्सवमा डेमो सेसन गरेर रोयल इन्फिल्डले नेपालमा बजार लिएको उनको भनाइ छ। अहिले वार्षिक रुपमा ६ हजार बाइक बिक्री गर्ने गरेको कम्पनीले जनाएको छ। 

यस्तै, स्वरोजगार र उद्यमशीलताका लागि थ्री ह्विलर साधन बजारमा ल्याउने तयारी गरेको छ। काठमाडौंबाहिरको सहरका लागि थ्री ह्विलर ल्याउने तयारी गरेको कम्पनीले जनाएको छ।  

१५६ मेगावाटको लिखु जलविद्युत आयोजना 

रामेछाप र सोलुखम्बुको सिमानामा रहेको लिखु खोलमा दुगड ग्रुपले १५६ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। सन् २०१७ बाट निर्माण सुरु गरेको उक्त आयोजना २०२० सम्म सम्पन्न गराउने दुगड ग्रुपले जनाएको छ। लिुख वान, लिखु टु र लिखु ए नाम दिएर जलविद्युत् आयोजना निर्माण भइहरको छ । कम्पनीका अनुसार २१ अर्ब लगानीमा लिखु जलविद्युत् आयोजना निर्माण हुनेछ। 

 

प्रकाशित: ३० फाल्गुन २०७४ ०७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App