काठमाडौं– मलेसियामा आगामी चैत्र १० गते आयोजना हुन लागेको ‘मिसेस एसिया प्यासिफिक–२०१८’ मा दुई नेपाली युवतीले सहभागिता जनाउने भएका छन्। सिंगापुरको लुमेरी इन्टरनेशनलले मलेसियामा आयोजना गर्न लागेको अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा गोमा अधिकारी तथा बिन्दु लामाले सहभागिता जनाउन लागेका हुन् । प्रतियोगिता मलेसियाको कन्ट्री गार्डेन फोनिक्स होटलमा हुनेछ।
प्रतियोगिताअन्तर्गत गोमाले ‘मिसेस एसिया प्यासिफिक ग्लोबल’ तथा बिन्दुले ‘मिसेस एसिया प्यासिफिकि इन्टरकन्टिनेन्टल’मा प्रतिस्पर्धा गर्नेछन् । दुवै प्रतियोगीलाई अमेजन इन्टरटेन्मेन्टले मलेसिया पु¥याउने व्यवस्था गरेको छ । प्रतियोगिताका लागि ड्रिम सर्च एजेन्सी संयोजक छ।
दुवै प्रतियोगीलाई कोरियोग्राफर हिमानी सुब्बाले प्रशिक्षण दिइरहेकी छिन् भने एलेक्स महर्जनले नृत्यको जिम्मेवारी लिएका छन् । दुवै प्रतियोगी अमेजनको आयोजनामा भएको पा“चौं संस्करणको ‘मिसेस हिमालयन नेपाल–२०१८’ का विजेता तथा उप–विजेता हुन् । गोमाले यो प्रतियोगितमा ‘बेस्ट पर्सनालिटी’ तथा ‘बेस डे«स’को विधागत उपाधि पनि जितेकी थिइन् । विन्दुले भने यही प्रतियोगितामा ‘फस्ट रनर्स अप’सँगै ‘मिसेस इन्टिलिजेन्ट अवार्ड’ जितेकी थिइन्।
प्रकाशित: ३० फाल्गुन २०७४ ०४:३९ बुधबार