coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपतिलाई प्रमाणपत्र हस्तान्तरण

काठमाडौँ –  राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ। 

राष्ट्रपति भण्डारी मंगलबार भएको निर्वाचनमा राष्ट्रपतिको दोस्रो कार्यकालका लागि अत्यधिक मत प्राप्त गरी निर्वाचित भएकी थिइन्।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नेपालको राष्ट्रपति पदमा निर्वाचन भएकामा राष्ट्रपति भण्डारीलाई राष्ट्रपति भवनमा शीतल निवासमा मंगलबार साँझै प्रमाणपत्र हस्तान्तरण गरे। 

उक्त अवसरमा राष्ट्रपति भण्डारीमा बधाई ज्ञापन गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले सफल कार्यकालका लागि शुभकामना दिएका थिए। हिजोको निर्वाचनमा राष्ट्रपति भण्डारीले ५२ हजार ५०१ कूल मतको बहुमत अर्थात् ३९ हजार २७५ मतभार प्राप्त गरी विजयी भएकी थिइन्। उनका प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७३० मतभार प्राप्त गरेकी थिइन्।

प्रकाशित: ३० फाल्गुन २०७४ ०४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App