७ वैशाख २०८१ शुक्रबार
खेल

हिमालयन र विशाल मिलन विजयी

काठमाडौं – हिमालयन हन्ड्स र विशाल मिलन केन्द्र प्रथम क्विक्स पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार विजयी भएका छन्।

हिमालयन हन्ड्सले आफ्नै कोर्टमा जोभियर इन्टरनेसनललाई ८८–५७ को स्कोरमा पराजित ग¥यो । पहिलो क्वार्टरमा १८–१४ को स्कोरले अगाडि रहेको हन्ड्स दोस्रो क्वार्टरमा १५–१२ ले पछि परेको थियो । यस्तै, तेस्रो र चौथो क्वार्टरमा उत्कृष्ट खेल पस्कँदै २९–१०, २९–१८ को नतिजा निकाल्यो । खेलमा हन्ड्सका मनीष केसीले सर्वाधिक २० स्कोर गरे । विजयी हन्ड्सले प्रतियोगितामा छैटौं जित दर्ता गराउन सफल भने जेभियरले नवौं हार भोग्यो।

यस्तै, मंगलबार विशाल मिलन केन्द्रले पाहुना टोली कीर्तिपुर बास्केटबल टिमलाई ६८–५७ को स्कोरले पराजित ग¥यो । विवेक श्रेष्ठले सर्वाधिक २० स्कोर गरेको खेलमा विशाल मिलन केन्द्रले पहिलो, दोस्रो, तेस्रो क्वार्टर क्रमशः २२–१५, १३–१०, १९–१६ ले आफ्नो पक्षमा पारेको थियो । कीर्तिपुरले अन्तिम क्वार्टर १६–१४ ले आफ्नो बनाए पनि समग्रमा ११ स्कोरले पछि पर्दै पराजित भयो । विजयी मिलन केन्द्रले जारी प्रतियोगितामा सातौं जित हात पारेको छ भने कीर्तिपुरले तेस्रो पराजय भोग्यो।

प्रतियोगितामा बुधबार बुढानीलकण्ठ नगरपालिको आफ्नै कोर्टमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई तथा जेभियरको कोर्टमा साउथ साइडर्सले कीर्तिपुर बास्केटबल टिमलाई निम्त्याउनेछन्।

प्रकाशित: ३० फाल्गुन २०७४ ०४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App