coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सुजुकीको सिलेरियो एक्स गाडी बजारमा

काठमाडौं– सि.जि. मोटोकर्प, नेपालका लागि सुजुकी फोर व्हिलरस्को आधिकारिक वितरक तथा सि.जि. होल्डिङ्गको अटोमोटिभ डिभिजनले अत्यन्त निर्भिक देखिने र्स्पोटी र ट्रेन्डि सिलेरियो एक्स बजारमा ल्याएको छ।

सिलेरियो एक्स र्स्पोटस्मा एरोडाइनामिक शैली अनि अग्रभागको वरिपरि एक्स् थीममा आधारित ग्राफिक्स्, गाडीको दायाँबायाँभाग, पछाडीको बम्पर, स्किड प्लेटमा राखिएको सुरक्षात्मक आवरणले गाडी अत्यन्त प्रभावशाली भएको सहजै महशुस हुन्छ।

ग्रिल, फोगगार्निस, क्लाड, रुफ गार्निस एण्ड इन्टेरियरमा लगाएको चमकदार कालो आवरणले सुरुवात मै गाडी स्टाइलिस देखिन्छ। नदेखिने बि–पिलर यसको अर्को ट्रेन्डि विशेषता हो।

सिलेरियोले आफूलाई पूर्ण फेमिलीकारको रुपमा नेपाली बजारमा स्थापित गरेको छ। सिलेरियो एक्ससँगै सुजुकीले अत्यन्त रुचाइएको यो मोडल, नेपाली बजारको चाहना अनुरुप अझ स्टाइलिस अनि स्र्पोटी बनाउँदै लग्ने लक्ष्य राखेको छ।

सिलेरियो एक्स सम्पूर्ण नयाँपप्रिका ओरेन्ज रंगको सिग्नेचर रंगमा उपलब्ध छ। ग्राहकले यो गाडी अन्य रंग आर्कटिक व्हाइट, ग्लिसनिङ ग्रे, क्याफिनब्राउन र टर्क ब्लयु मध्यबाट रोज्न सक्नेछन्।

सिलेरियो एक्स नेपालमा डुयल एयर ब्याग र आन्टिलक ब्रेकिङ सिस्टम (ब्द्यक्) को साथमा उपलब्ध छ। 

शक्तिशाली के. नेक्सट इन्जिनयुक्त यो गाडीले अत्याधिक २३.१ किलोमिटरको माइलेज दिने दाबी गरिएको छ। यो गाडीको शुभारम्भ मूल्य २६ लाख ९९ हजार रहेको छ।

प्रकाशित: २९ फाल्गुन २०७४ १५:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App