coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘मुलुकलाई आर्थिक समृद्धितर्फ डोर्याऊ’

रौतहटको चन्द्रपुर सिटी जेसिसले आयोजना गरेको चन्द्रपुर महोत्सव–२०७४ को उद्घाटन गर्दै दाहाल । तस्बिर : मदन ठाकुर

रौतहट – माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई आर्थिक समृद्धिको मार्गतर्फ डो¥याउन अत्यन्त आवश्यक रहेको बताएका छन्।
रौतहटको चन्द्रपुर सिटी जेसिसले आयोजना गरेको चन्द्रपुर महोत्सव–२०७४ को उद्घाटन गर्दै दाहालले अब भाषणको युग समाप्त भइसकेकाले काम गरेर देखाउने समय आएको धारणा राखे। भाषण गरेरभन्दा पनि काम गरेर देशलाई विकास र समृद्धिमार्फत नयाँ युगतर्फ डो¥याउन आवश्यक रहेकाले यसबारे प्रधानमन्त्रीलाई समेत आग्रह गरिसकेको उनले बताए। 

‘जनता अब धेरै भाषण सुन्न होइन, काम गरेको हेर्न चाहन्छन्,’ दाहालले भने, ‘हिजो मात्रै मैले संसदमा सरकारलाई विश्वासको मत दिदै गर्दा जनताले परिणाम खोजिरहेको छन् भन्ने धारणा राखेको थिए ।’ भाषण धेरै भइसकेकाले अबको समय एक्सनमा गएर विकास निर्माण कार्यलाई तीव्रता दिनुपर्नेमा उनले जोड दिए । ‘आर्थिक विकासको नयाँ युगको सुरुवात हुनुपर्याे भनेर भन्दै आएको छु,’ उनले भने।

प्रदेश नम्बर २ लाई सम्भावना नै सम्भावनाको प्रदेशको रुपमा रहेको बताउँदै दाहालले गत वर्ष आफू प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित हुलाकी राजमार्ग निर्माणको कामको विषयमा स्पष्ट कुराकानी राखेको र अब निर्माणको चरणमा पुगेको स्पष्ट पारे।

जनकपुर, पशुपतिनाथ र लुम्बिनीलाई जोड्ने नयाँ परियोजना आफूहरुले अगाडि बढाइरहेको बताउँदै यसले धार्मिक पर्यटनको माध्यमले प्रदेश २ को विकासका महत्त्वपूर्ण योगदान दिने उनले बताए । आफूले शिलान्यास गरेको काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण हुन लागेको र यसले सिंगो देशको आर्थिक तथा सामाजिक परिवर्तनमा निकै ठूलो भूमिका खेल्ने बताए।

केन्द्र सरकारमा राजपा र फोरम लगायत दलहरुले पनि सहभागिता जनाउने सम्भावना रहेको बताउँदै दाहालले सबै मिलेर देशलाई समृद्ध बनाउनेतर्फ अगाडि बढ्ने संकल्प गर्नुपरेको बताए । 
देशको वर्तमान अवस्था अत्यन्त विशिष्ट ऐतिहासिक राजनीतिक परिवर्तनको क्षणमा रहेकाले सबै शक्ति एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ छ । सबै एकताबद्ध भएर अगाडि बढेमात्रै देश विकासमा सहयोग पुग्ने दाहालले बताए । चन्द्रपुरमा औद्योगिक क्षेत्र खोल्ने संकल्पसहित प्रतिबद्धता व्यक्त गर्दै दाहालले चन्द्रपुरलाई स्मार्ट सिटी बनाउन वर्तमान सरकार पनि प्रतिबद्ध रहेको बताए।

नेपाली कांग्रेसका नेता एवं सांसद विनोद चौधरीले अन्य प्रदेशको तुलनामा प्रदेश २ निकै पछाडि रहेकाले यहाँको वेरोजगारी, अशिक्षा र गरिबी कम गर्न सरकारको मुख्य दायित्व रहेको बताए। नेपालका धेरै उद्योग बन्द भइसकेको र उद्योगीले सुरक्षित रुपमा उद्योग सञ्चालन गर्न नसकेको चौधरीले बताए। सरकारले लगानीको वातावरण बनाउनुपर्ने बताउँदै उनले व्यवस्थित औद्योगिक क्षेत्रको व्यवस्था गर्न सरकारले ढिलाइ गर्न नहुने सुझाव दिए। 

उद्योगपति चौधरीले आर्थिक समृद्धिका लागि प्रदेशहरूबीच सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । आर्थिक एवं सामाजिक विकासका लागि मुलुकमा संघीय संरचना कार्यान्वयन गरिएको बताउँदै उनले प्रदेश सरकारहरूले यहि सोंचका साथ काम सुरू गर्न आग्रह गरे। 

उनका अनुसार अब राजनीतिक अजेन्डाहरू व्यवस्थापन भएका छन्। प्रदेश सरकारहरूले प्रान्तीय संरचना वा कानूनी पक्षबारे अलमल नगरी विकासका अजेन्डालाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए। 

प्रदेश नम्बर २ आर्थिक एवं सामाजिक विकासका दृष्टिले अहिले पछाडि रहेको तथ्य प्रस्तुत गर्दै उनले यस प्रदेशलाई देशकै सबैभन्दा विकसित प्रदेशमा रुपान्तरण गर्न सकिने पर्याप्त आधार रहेको बताए।

‘नेपालको आर्थिक राजधानी मानिने वीरगन्ज यहीं छ । काठमाडौं–तराई फास्ट ट्र्याक, वीरगञ्ज–सिमरा औद्योगिक करिडोर र निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थल जस्ता पूर्वाधार यहीं छन्,’ उनले भने, ‘व्यापार÷वाणिज्य, औद्योगिक क्षेत्र, कृषि र पर्यटनमार्फत यो नेपालको सबैभन्दा सम्पन्न प्रदेश बनाउन सकिन्छ। तर हिजोका दिनमा जस्तै व्यवस्थापकिय कमजोरीहरू भने अब दोहोर्याउनु हुँदैन।’

प्रदेश नम्बर २ लाई व्यवसायिक कृषि उत्पादन गरि निर्यात गर्ने प्रमुख क्षेत्र बनाउनु पर्नेमा पनि उनले जोड दिए। ‘प्रदेश नम्बर २ को कृषि उपज प्रत्येक नेपालीको भान्सामा पु¥याउने नीतिका साथ काम गर्नु आवस्यक छ,’ उनले भने, ‘यहा“को उर्वर भूमीबाट कृषि क्रान्तिको नया“ अध्याय सुरू गर्न सकिन्छ।’

उनका अनुसार अन्य प्रदेशमा नभएका विकास पूर्वाधार यहाँ छन्। ब्रोडगेज रेल्वे, वीरगञ्जको अत्याधुनिक आइसिपी, ड्राइपोर्ट जस्ता पूर्वाधार अन्य प्रदेशमा छैनन् । यो प्रदेशले आफ्नो सामथ्र्य समयमै चिन्न सके आर्थिक विकासमा अग्रणी बन्न सक्छ।

‘अहिले यो प्रदेशमा करिब ३० प्रतिशत गरिबी छ । साक्षरताको अवस्था कमजोर छ । र, बेरोजगारी उच्च छ,’ उनले भने, ‘पक्कै पनि अहिलेको अवस्था चिन्ताजनक छ । तर, पा“च वर्षमा यी सबै परिसूचकहरू उत्साहजनक हुनेछन्।’

उद्योग तथा व्यापारका क्षेत्रमा सरकारले अवसर दिएमा रोजगारीका अवसर पनि सिर्जना हुने र देश समृद्धितर्फ अगाडि बढ्ने बताउँदै उद्योगपति चौधरीले प्रदेश २ लाई केन्द्र सरकारले पनि प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा राखे।

महोत्सव १० दिनसम्म चल्ने आयोजक संस्थाका अध्यक्ष अनन्त अधिकारीले बताए । महोत्सवमा हरेक दिन नयाँनयाँ कार्यक्रम सञ्चालन गरिने र करिब पाँच करोडको व्यापार हुने अनुमान गरिएको अधिकारीले बताए । महोत्सवमा रेडिमेड, हस्तकला, साडी चोलो, स्थानीय उत्पादन, कृषि उत्पादन तथा कस्मेटिक र केही मेसिनरी पार्टस् समेत गरी एक सय ७० वटा स्टल राखिएका छन्। 

प्रकाशित: २९ फाल्गुन २०७४ ०६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App