८ वैशाख २०८१ शनिबार
अर्थ

आर्थिक समृद्धिका लागि विनोद चौधरीले दिए टिप्स !

रौतहट – नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले आर्थिक समृद्धिका लागि प्रदेशहरूवीचमा सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्। आर्थिक एवम् सामाजिक विकासका लागि मुलुकमा संघीय संरचना कार्यान्वयन गरिएको बताउँदै उनले प्रदेश सरकारले यही सोंचका साथ काम सुुरू पर्नेमा जोड दिए।

सोमबार रौतहटको चन्द्रपुर महोत्सवमा बोल्दै चौधरीले प्रदेश सरकारहरूले प्रान्तिय संरचना तथा कानूनी पक्षहरूका बारेमा अलमल नगरी विकासका एजेण्डालाई पहिलो प्राथमिकताका साथ अगाडी बढाउनु पर्ने बताए। ‘भारतमा जब एक अर्का राज्यबीच लगानी आकर्षित गर्ने प्रतिस्पर्धा चल्यो त्यसपछि ति राज्यको मात्रै नभई समग्र भारतकै आर्थिक बृद्धिदर उच्च हुन पुग्यो’ चौधरीले भने, ‘हाम्रा मुख्यमन्त्रीहरूले पनि आफ्नो प्रदेशलाई लगानीकर्ताका लागि सबैभन्दा आकर्षक गन्तब्य बनाउन प्रतिस्पर्धा गर्नु पर्छ।’ 

‘नेपालको आर्थिक राजधानीका रुपमा मानिने वीरगञ्ज यही छ’, चौधरीले भने, ‘काठमाडौं–तराई फास्ट ट्रयाक, वीरगञ्ज–सिमरा औद्योगिक करिडोर र निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थल जस्ता पूर्वाधारहरू यही रहेका छन्’, उनले थपे। ब्यापार÷बाणिज्य, औद्योगिक क्षेत्र, कृषी र पर्यटनमार्फत् यस प्रदेशलाई देशकै सम्पन्न प्रदेश बनाउनु पर्नेमा उनको जोड थियो।

‘अहिले यो प्रदेशमा करिब ३० प्रतिशत गरिवीको रेखाुमनी छन्। साक्षरताको अव स्थाकमजोर छ। बेरोजगारी उच्च छ।’ चौधरीले भने, ‘वर्तमान अवस्था चिन्ताजनक छ। तर पाँच बर्षमा यी सबै परिसूचक उत्साहजनक हुनेछन् भनेर प्रदेश सरकारले जनतालाई विश्वास दिलाउनु पर्छ।’

प्रकाशित: २८ फाल्गुन २०७४ १६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App