८ वैशाख २०८१ शनिबार
राजनीति

बोक्सी प्रकरण : मेयर चौधरीमाथि गोली प्रहार

धनगढी– कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ। आक्रमणबाट चौधरी गम्भीर घाइते भएका छन्। आफ्नै निवासमा बसिरहेको अवस्थामा सोमबार राति ८ बजेतिर ४ जनाको समूहमा आएका व्यक्तिले गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार चौधरीको कम्मरमा गोली लागेको छ भने टाउँकोमा खुकुरी प्रहार भएको छ। 

उनको अवस्था गम्भीर रहेको र स्थानीय अस्पतालमा सामान्य उपचारपछि उनलाई नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ।

बोक्सीको आरोपमा राधा चौधरीलाई मरणासन्न हुने घटनामा मिलापत्र गराएको भन्दै मेयरको आलोचना भैइरहेका बेला उनीमाथि आक्रमण भएको हो।

प्रकाशित: २८ फाल्गुन २०७४ १५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App