coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पराजुलीलाई विदामा बस्न न्यायाधीशहरुको आग्रह

काठमाडौं– सर्वोच्च अदालतका अधिकांश न्यायाधीशहरुले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई विदामा बस्न आग्रह गरेका छन् । 

उनीहरुले प्रधानन्यायाधीशलाई कुनै पनि मुद्दा नहेर्न र सर्वोच्च अदालतमा आएर काम नगर्न आग्रह गरेका छन् । 
सोमवार भएको पूर्ण इजलाशको बैठकमा न्यायाधीशहरुले प्रधानन्यायाधीशविरुद्ध उमेर विवाद, शैक्षिक प्रमाणपत्रको आधिकारिकतासँगै उनको न्याय सम्पादनमाथि प्रश्न उठेको हालको अवस्थामा काम नगर्न सुझाव दिएका हुन् । सर्वोच्च अदालतको उच्च स्रोतले नागरिकन्यूजलाई दिएको जानकारी अनुसार अधिका‌ंश न्यायाधीशहरुले प्रधानन्यायाधीशलाई दैनिक मुद्दा पेशी नहेर्न पनि सुझाव दिएका छन् । स्रोतका अनुसार न्यायाधीशहरुले प्रधानन्यायाधीशलाई उनले तोकेका पेशी नहेर्ने स्पष्ट जनाउ दिएका छन् । 

यद्यपी प्रधानन्यायाधीश पराजुलीले ‘एउटा मिडियाले आफू विरुद्ध गरेको रिपोर्टिङलाई आधार मानेर अविश्वास नगर्न’ गरेको आग्रहमा अन्य न्यायाधीश आश्वस्त भएका छैनन् ।  

डा. गोविन्द केसी लगायतका नागरिक समाजका सदस्यले सार्वजनिक रुपमा न्यायालयको साख जोगाउन प्रधानन्यायाधीश पराजुलीको राजीनामा मागेका छन् । पराजुलीविरुद्ध प्रधानन्यायाधीश भइरहन उमेर घटाएको एवं शैक्षिक प्रमाणपत्रको आधिकारिकताका बारेमा प्रश्न उठेको छ । यसका साथै स्वयं संलग्न रहेको विषयलाई लिएर परेको अवहेलना मुद्दाको सुनुवाई गरेकोमा पनि प्रधानन्यायाधीशको आलोचना भइरहेको छ । 

 

प्रकाशित: २८ फाल्गुन २०७४ १३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App