काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बाङ्ला एयरवेजको जहाजमा दुर्घटनामा परेको छ। जहाजमा अहिले आगलागी भइरहेको छ।
बंगलादेशको ढाकाबाट करिब ७० यात्रु लिएर आएको बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज १५ मिनेटअघि धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो। जहाज धावनमार्गबाट चिप्लिएर पूर्वपट्टि दुर्घटनामा परेको हो। ठूलो आवाजसहित जहाज दुर्घटनामा परेको पेप्सीकोलाका स्थानीयले बताएका छन्।
जहाजमा कति यात्रु थिए र उनीहरूको अवस्था थाहा नभइसकेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। दमकलको सहायताले जहाजको आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ।
प्रकाशित: २८ फाल्गुन २०७४ ०८:५२ सोमबार