coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

चीनमा रेकर्ड राख्दै ‘बजरंगी भाईजान’

मुम्बई– बलिउड अभिनेता सलमान खानको फिल्म ‘बजरंगी भाईजान’ले चिनियाँ बक्स अफिसमा सफलताको नयाँ कीर्तिमान राखेको छ । फिल्मले रिलिजको दोस्रो हप्ताको शुरुवातमै एक सय ५० करोड रुपैंयाँको कमाईबाट उकालो लगाइसकेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले गत ९ मार्चमा ११ दशमलब ३ करोड रुपैंयाँ कमाउँदै दोस्रो हप्तामा आफूलाई प्रवेश गराएको छ । १० मार्च अर्थात रिलिजको दोस्रो शनिवार फिल्मले २१ दशमलब ७ करोड रुपैंयाँको कारोबार गरेको छ । फिल्मले पहिलो शनिवार अर्थात मार्च ३ मा चीनमा २० दशमलब ७ करोड कारोबार गरेको थियो। 

फिल्मले रिलिजको नौ दिनमा चिनियाँ बक्स अफिसमा झण्डै १ सय ५० दशमलब ७५ करोड कलेक्सन गरिसकेको छ । चिनियाँ बक्स अफिसमा चुनौतिका बाबजुद पनि फिल्मले आफूलाई ५ औं स्थानमा राखेको छ । गत मार्च २ मा यो फिल्म चीनको १७ सय स्क्रिनमा प्रदर्शन भएको थियो । फिल्मले ओपनिङ कलेक्सन १८ दशमलब ४ करोड गरेको थियो। 

चिनियाँ बक्स अफिसमा नयाँ फिल्म रिलिज भइरहे पनि सलमानको फिल्म उत्कृष्ट १० फिल्ममध्ये सातौं स्थानमा आएको थियो । फिल्मको चिनियाँ ओपनिङ आँकडालाई हेर्दा ‘बजरंगी भाइजान’ले आमिर खानको ‘दंगल’लाई पनि पछाडि पारेको छ । आमिरको फिल्मको ओपनिङ चीनमा १४ दशमलब ६७ करोड थियो। 

आमिरको फिल्म ‘दंगल’ले चीनमा करिब १२ सय करोडको व्यापार गरेको थियो । आमिरको अर्को फिल्म ‘सेक्रेट सुपरस्टार’ले चीनमा ४३ दशमलब ३५ करोडको ओपनिङ र ७ सय ६० करोड बढी कारोबार गरेको थियो। 

कबिर खान निर्देशित ‘बजरंगी भाईजान’ भारतमा सन् २०१५ मा रिलिज भएको थियो । यो फिल्मले उक्त वर्ष ३ सय २० करोडको कमाई गर्दै वर्षकै सबैभन्दा हिट फिल्ममा आफूलाई स्थापित गरेको थियो । ६ वर्षकी पाकिस्तानी बालिकालाई उसकै देश छोड्न गएका भारतीय युवाको कथा समेटिएको यो फिल्ममा हर्षाली मल्होत्रा, करिना कपुर र नवाजुद्दिन सिद्दीकी प्रमुख भूमिकामा थिए।

प्रकाशित: २८ फाल्गुन २०७४ ०४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App