coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

भीष्मको ‘आधा उज्यालो’

काठमाडौं – कवि तथा साहित्यकार भीष्म उप्रेतीको नयाँ कविता संग्रह ‘आधा उज्यालो’ प्रकाशित भएको छ । भीष्मको आठौँ कविताकृतिको रूपमा प्रकाशित कविता संग्रहमा विभिन्न समय र सन्दर्भमा लेखिएका ५४ कविताहरू समावेश गरिएका छन्।

मानवीय संवेदना र प्रकृतिले मान्छेको जीवनमा पारेका प्रभावलाई नजिकबाट नियालेर कविता लेख्ने भीष्मको यस पुस्तकभित्रका कविताहरूलाई देश, प्रकृति र मान्छे गरी तीन उपशीर्षकमा वर्गीकरण गरिएको छ । भीष्मले बीबीसी नेपाली सेवाले गरेको ‘कविता प्रतियोगिता २०४९’ र ‘राष्ट्रिय कविता महोत्सव २०५०’ मा प्रथम पुरस्कार पाइसकेका छन्।उनका कविता अंग्रेजी, जापानी, कोरियाली, सर्बियाली, स्लोभेनियाली, हिन्दी, कम्बोडियाली भाषामा अनुदित छन् । उनको कविता संग्रह सारांश, नेपालले प्रकाशन गरेको हो।
 

प्रकाशित: २७ फाल्गुन २०७४ ०२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App