coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्पलाई गोली हानी हत्या गर्ने प्रयास

लस वेगास– रिपब्लिकन पार्टीकातर्फबाट अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई एक बेलायती नागरिकले होली हानी हत्या गर्ने प्रयास गरेका छन्। ती बेलायती युवकलाई प्रहरीले पक्राउ गरेको छ। २० वर्षीय माइकल स्टिवन सेण्डफोर्ड नामक बेयालती युवकलाई प्रहरीले अदालतमा उपस्थिति गराएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
शनिबार लस वेगासमा बेलायती युवक माइकल अटोग्राफ लिने बहानामा ट्रम्पको नजिक पुगेका थिए। त्यसपछि माइकलले ट्रम्पलाई प्रहार गर्न बन्दुक सोझ्याएका थिए। माइकलले प्रहरी समक्ष विगत एकवर्षदेखि आफू ट्रम्पलाई गोलीहानी हत्या गर्ने योजनामा रहेको बताएको संचारमध्यमले उल्लेख गरेका छन्। माइकलले अदालतसमक्ष आफू ट्रम्पलाई गोली हानी हत्या गर्ने उचित मौकाको खोजिमा रहेपनि सो मौका नमिलेको स्विकार गरेका छन्।
सो घटनापछि सोमबार रिपब्लिकन पार्टीकातर्फबाट राष्ट्रपतिका उम्मेदवार ट्रम्पले आफ्नो क्याम्पका मेनेजर कोरी लेवनडोस्कीलाई जागीरबाट हटाएको संचारमध्यमले उल्लेख गरेका छन्। कोरी ट्रम्पको विजय र्यालीको प्रबन्ध मिलाउन नियुक्त भएका थिए। यही वर्ष अमेरिकामा राष्ट्रपति चुनावकालागि आयोजित हुने कार्यक्रमकालागि सुरक्षा हाइ अलर्ट जारी गरिसकिएको छ।  गत मार्चमा पनि ट्रम्पको चुनावी सभामा एक संदिग्ध व्यक्ति स्टेजमा चढेका थिए। त्यसपछि सो चुनावी सभानै रद्द गरिएको थियो।


पक्राउ परेका बेलायती नागरिक माइकलले आफूले यसअघि कहिल्यै पनि बन्दुक नचलाएको अदालतसमक्ष बताएका छन्। तर उनले सो सभामा ट्रम्पलाई गोली हान्न १७ जुनमा लस वेगसमा बन्दुक चलाउने तालिम लिएको स्विकार गरेका छन्।
र्यालीमा माइकलले एक अधिकारीको बन्दुक खोसेका थिए। ट्रम्पलाई गोली हान्न सबैभन्दा सजिलो तरिका सोही भएको माइकलले अदालतमा भनेका थिए। सेण्डफोर्डले दुई गोली प्रहारबाट ट्रम्पको मृत्यु हुने आफूले अनुमान गरेको बताएको संचारमाध्यमले उल्लेख गरेका छन्। ‘यदि सो र्यालीमा ट्रम्पलाई मार्न सकिएन भने पुन फिनिक्समा हुने र्यालीमा ट्रम्पलाई मार्ने मेरो योजना थियो,’ माइकलले भने। माइकल विगत डेढ वर्षदेखि अमेरिकामा बस्दै आएका छन्। उनी बेरोजगार रहेको संचारमाध्यमले उल्लेख गरेका छन्।


संचारमध्यमका अनुसार माइकल आटिज्मको विरामी भएको र उनले आत्महत्याको प्रसायसमेत गरिसकेका छन्।
हालै गरिएको एक सर्वेक्षण अनुसार ट्रम्प आफ्नो प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार हिलेरी क्लिन्टन भन्दा पछाडि छन्। अधिकांश मानिस ट्रम्पलाई राष्ट्रपतिका लागि योग्य मान्दैनन्।

 

प्रकाशित: ७ असार २०७३ ०७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App