६ वैशाख २०८१ बिहीबार
राजनीति

मुख्यमन्त्री भट्टलाई बिश्वासको मत प्राप्त

धनगढी- प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभा बैठकवाट बिश्वासको मत प्राप्त गरेका छन। मंगलवार प्रदेश सभाको पाँचौ बैठकमा भएको मतदानमा मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा ३८ मत गरेको थियो। भने विपक्षमा १० मत परेको थियो। मंगलवार प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीको बिश्वासको मत प्राप्त गर्ने प्रस्तावको पक्ष विपक्षमा मतदान गराइएको थियो । मतदान पछि सभामुख अजुर्न थापाले प्रस्तावको पक्षमा परेको ३८ मत प्रदेश सभाको बहुमत भएकाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई बैठकवाट बिश्वासको मत प्राप्त भएको घोषणा गरेका थिए।

५३ जना सासंद रहेकोमा नेपाली कांग्रेसका ४ सासंद बैठकमा अनुपस्थित थिए भने सभामुख मतदानमा सहभागी भएनन। एमाले र माओवादी केन्द्रकाले पक्षमा मतदान गरेका हुन । एमालेका २५ र माओवादीका १४ सासंद प्रदेश सभामा रहेका छन। सभामुख अर्जुन थापाले मतदान नगरेकाले ३९ मध्य ३८ मत उनको पक्षमा परेको हो । नेपाली कांग्रेस र राजपाले विपक्षमा मतदान गरेका छन्। नेपाली कांग्रेसका १२ प्रदेश सभा सदस्य छन। नेपाली काग्रेसका ४ जना अनुपस्थित भएकाले ८ जना र राजपाका २ गरि १० मत विपक्षमा परेका हुन । नेपाली काग्रेसका डडेल्धुराका कर्ण मल्ल, डडेल्धुराकै गोविन्द बोहरा, दार्चुलाका नन्दा बम र कैलालीका डिल्लीराज पन्त अनुपस्थित थिए । संविधानको धारा १६८ को उपधार ४ बमोजिम प्रदेश प्रमुखले नियुक्त गरेको ३० दिन भित्र मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ। प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्री भट्टलाई फागुन ३ गते नियुक्त गरेका थिए । फागुन ५ गते मुख्यमन्त्री भट्टले प्रदेश प्रमुखवाट पद तथा गोपनियताको सपथ लिएका थिए।

 

 

प्रकाशित: २२ फाल्गुन २०७४ १३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App