७ वैशाख २०८१ शुक्रबार
समाज

नेपाल – भारत प्रबुद्ध समूहको बैठक सुरू

काठमाडौं – नेपाल भारत प्रबुद्ध समूहको बैठक सुरू भएको छ ।दुई दिने बैठकमा नेपाल भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकन तथा अन्य सन्धि सम्झौता संशोधन लगायतका विषयमा छलफल हुनेछ।

उक्त बैठकले नेपाल भारत सम्बन्ध पुनर्निर्माणमा सरकारलाई सुझाव दिने विषयमा समेत बैठक छलफल गर्नेछ।बैठकमा सन् १९५० मा नेपाल तथा भारतबीच भएको शान्ति तथा मैत्री सन्धिबारे छलफल हुनेछ । वर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पछिलोपटक प्रधानमन्त्री भएका बेला गत फागुनमा नेपाल भारत प्रबुद्ध समूहको गठन भएको थियो।उक्त समूहको पहिलो बैठक काठमाडौमा सम्पन्न भएको थियो।

 

प्रकाशित: १२ फाल्गुन २०७४ ०५:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App