८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

रोहिंग्या मुसलमान बस्ती डोजर लगाएर ध्वस्त

रखाइन–  म्यान्माली सेनाले रोहिंग्या मुसलमान बस्ती डोजर लगाएर ध्वस्त बनाएको छ।मानव अधिकारवादी संस्था ह्युमन राइटस् वाचका अनुसार रोहिंग्या मुसलमानहरूको बसोबास रहेको करिब ५० गाउँहरू डोजर लगाएर ध्वस्त बनाइएको हो।

म्यानमारको रखाईन प्रान्तमा पर्ने करिब ५० गाउँमा डोजर जोताइएको उक्त संस्थाको दाबी छ।म्यानमाली सरकारी सेनाको असह्य ज्यादतीका कारण रखाईन प्रान्तका करिब ५ लाख रोहिंग्या मुसलमानहरू बंगलादेश तथा अन्य मुलुकमा पलायन भएका छन्।

अन्यत्र पलायन भएका उनीहरूलाई स्वदेश फर्काउनका लागि कुटनैतिक पहल भइरहेकै समयमा उनीहरूको बसोबास रहेका गाउँमा डोजर लगाएर बस्ती नै सखाप पारिएको स्याटेलाइट तस्बिरले देखाएको ह्युमन राइटस् वाचको दाबी छ ।अपराधिक क्षेत्रका रूपमा प्रमाण फेला पर्ने डरका कारण सरकारी तवरबाट नै  रोहिंग्या बस्तीहरू योजनाबद्ध रूपमा  सखाप पारिएको उक्त संस्थाको दाबी छ।

 

प्रकाशित: १२ फाल्गुन २०७४ ०४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App