८ वैशाख २०८१ शनिबार
खेल

आर्मी र पश्चिमाञ्चल फाइनलमा

काठमाडौं – प्रधान सेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितको उपाधिका लागि आयोजक त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल विकास क्षेत्र भिड्ने भएका छन्।

शुक्रबार सम्पन्न सेमिफाइनलका खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हराउँदा पश्चिमाञ्चलले सशस्त्र प्रहरी बलको एपिएफलाई ३–२ को सेटमा पराजित ग¥यो।

पहिलो सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई २५–२०, २५–२१, २५–१९ को सेटमा पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो। शुक्रबारै सम्पन्न अर्को खेलमा पश्चिमाञ्चलले २०–२५, २८–२६, २५–२३, २६–२४, १८–१६ को जित निकालेको थियो।

तीन विभागीय टोली तथा पाँच विकास क्षेत्र गरी ८ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल शनिबार हुनेछ। प्रतिगोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन। त्यस्तै, उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर र प्रशिक्षकले जनही १०/१० हजार प्राप्त गर्नेछन्।
 

प्रकाशित: १२ फाल्गुन २०७४ ०३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App