coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कर्मचारीसँगको यौनसम्बन्धले उपप्रधानमन्त्रीको पद गयो

सिड्नी – आफ्नै कर्मचारीसँगको यौन सम्बन्धले विवादमा तानिएका अष्ट्रेलियाका उपप्रधानमन्त्री बार्नबी जोयसले पदबाट राजीनामा दिएका छन्। 

तीन साताअघि सार्वजनिक आफ्नै मिडिया सल्लाहकार भिकी क्याम्पिअनबीचसँगको यौन सम्बन्धले विपक्षी र आफ्नै पार्टीबाट आलोचित जोयसले शुक्रबार पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। 

उनले पार्टीको नेताबाट समेत राजीनामा दिने घोषणा गरेका छन्। नेशनल पार्टीका प्रमुख नेता रहेका जोयसले आगामी सोमबार पार्टीको बैठकबाट राजीनामा दिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

महिला कर्मचारी भिकी जोयसको बच्चाको आमा बन्न लागेको तथ्य सार्वजनिक भएपछि उनी आलोचित बनेका थिए। उपप्रम जोयसले कर्मचारीको सम्बन्धलाई ‘पीडादायक निजी अनुभव’ भन्दै आफ्नी श्रीमती, चार छोरी र ती पूर्वकर्मचारीसँग सार्वजनिक रूपमै क्षमा मागिसकेका छन्।

यसअघि प्रधानमन्त्री माल्कम टर्नबुलले जोयसको आचरण पदीय मर्यादा विपरित र विवेकमा भएको गम्भीर त्रुटी भन्दै मन्त्री र तिनका कर्मचारीबीच हुने सम्बन्धमा प्रतिबन्ध लगाउने घोषण गरेका थिए।

प्रकाशित: ११ फाल्गुन २०७४ १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App