coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपालमा घटेन भ्रष्टाचार

काठमाडौं – नेपालमा भ्रष्टाचार घट्न नसकेको देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) नेपालले बिहीबार काठमाडौंमा सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकले नेपालमा भ्रष्टाचार घट्न नसकेको देखाएको हो।
नेपाल सयमा ३१ अंक हासिल गरी १२२औं स्थानमा छ । सर्वेक्षणमा १ सय ८० देशलाई सहभागी गराइएको टिआईले जनाएको छ । यस हिसाबले नेपालमा भन्दा बढी भ्रष्टाचार हुने मुलुक ५८ वटा छन् । नेपालले सन् २०१३ मा पनि ३१ अंक नै प्राप्त गरेको थियो । अघिल्लो वर्ष भने नेपालको अंक २९ थियो । सन् २०१२ मा २७ अंक प्राप्त गरी नेपाल १३९औं स्थानमा थियो । पछिल्लो प्रतिवेदनअनुसार सबैभन्दा कम भ्रष्टाचार हुने देशमा न्युजिल्यान्ड र सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा सोमालिया देखिएका छन् । न्युजिल्यान्डले ८९ अंक र सोमालियाले ९ अंक प्राप्त गरेका छन्।

टिआइले प्रतिवेदनमा नेपालमा ‘गत वर्षको तुलनामा केही सुधार देखिएकाले सकारात्मक’  भनेको छ । ‘त्यसो भए पनि भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालले पाएको अंकले भ्रष्टाचारको स्थिति चिन्ताजनक देखाउँछ’, प्रतिवेदनमा उल्लेख छ।  

टिआई नेपालका अध्यक्ष श्रीहरि अर्यालले सूचकांक सार्वजनिक गर्दै भ्रष्टाचारबारे अवधारणामा सामान्य सुधार आएको देखिए पनि नेपालमा कम भएको भन्न नमिल्ने बताए। ‘सामान्यतया ५० भन्दा बढी अंक ल्याएमा कम भ्रष्ट हुने मापन हुन्छ’, अर्यालले भने, ‘तथ्यांकीय हिसाबले घटे पनि अंकमा ३१ बाट ३२ मा जान सकेका छैनौं ।’ नेपालमा नियमनकारी निकाय कमजोर भएका कारण पनि भ्रष्टाचार घट्न नसकेको उनले बताए । ‘प्रशासनिक संयन्त्र चुस्त र राजनीतिक इमानदारी नभएसम्म भ्रष्टाचार घट्दैन’, उनले भने। 

टिआइले प्रतिवेदनमा नेपालमा ‘गत वर्षको तुलनामा केही सुधार देखिएकाले सकारात्मक’  भनेको छ । ‘त्यसो भए पनि भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालले पाएको अंकले भ्रष्टाचारको स्थिति चिन्ताजनक देखाउँछ’, प्रतिवेदनमा उल्लेख छ।  

टिआईको संयोजनमा विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भिडिइएम संस्थाद्वारा यो सर्वेक्षण गरिएको हो । सरकार, न्यायालय, संसद् र सुरक्षा निकायका प्रतिनिधिद्वारा निजी स्वार्थका लागि पदको दुरुपयोग, राजनीतिक भ्रष्टाचार, सार्वजनिक पद दुरुपयोगमा कारबाही, व्यापार व्यवसाय, आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टामा भ्रष्टाचारको अवस्था, न्याय प्राप्तिका लागि घुसलगायतका विषयलाई आधार मानेर सर्वेक्षण गरिएको हो।

टिआईले सन् १९९५ देखि प्रत्येक वर्ष भ्रष्टाचारको अवस्था सार्वजनिक गर्दै आएको छ । नेपाललाई सन् २००४ देखि सूचीमा समावेश गरिएको हो। 

पत्रकार असुरक्षित भएको देशमा बढी भ्रष्टाचार
टिआईले पत्रकार र नागरिकको सुरक्षा नभएको देशमा सबैभन्दा बढी भ्रष्टाचार हुने ठहर गरेको छ । प्रतिवेदनमा ‘२०१२ देखि हालसम्म मारिएका अधिकांश पत्रकार भ्रष्ट देशकै मात्र रहेको पाइएको’ उल्लेख छ। 

सार्कमा भुटान सदाचारी
गत वर्षजस्तै यस वर्ष पनि दक्षिण एसियाली राष्ट्रमध्ये भुटान सदाचारी देखिएको छ । भुटान ६७ अंक प्राप्त गरी २६औं स्थानमा छ । त्यसैगरी भारत ४० अंक प्राप्त गरी ८१औं स्थानमा, श्रीलंका ३८ अंक प्राप्त गरी ९१औं स्थानमा, माल्दिप्स ३३ अंक प्राप्त गरी ११२औं स्थानमा, पाकिस्तान ३२ अंक प्राप्त गरी ११७औं स्थानमा, बंगलादेश २८ अंक प्राप्त गरी १४३औं स्थानमा र अफगानिस्तान १५ अंक प्राप्त गरी १७७औं स्थानमा छन् । छिमेकी मुलुक चीन ४१ अंक प्राप्त गरी ७७औं स्थानमा छ ।

प्रकाशित: ११ फाल्गुन २०७४ ०३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App