७ वैशाख २०८१ शुक्रबार
खेल

भारतसँगको दोस्रो टी – ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी

दक्षिण अफ्रिका – भारतसँगको ३ वटा ट्वान्टी–२० क्रिकेट श्रृखंलाको दोस्रो खेलमा दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको छ। दक्षिण अफ्रिकामा जारी प्रतियोगिताअन्तर्गत बुधबार राति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ८८ रन बनाएको थियो।

भारतका लागि मनिष पाण्डेले नटआउट रहदै सर्वाधिक ७९ रन बनाएका थिए। मनिषले ४८ बलको सामना गर्दै ६ चौंका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै महेन्द्रसिंह धोनीले नटआउट ५२, सुरेश रैनाले ३१ र शिखर धवनले २४ रनको योगदान दिए। दक्षिण अफ्रिकाका लागि जुनियर डालाले २ तथा जेपी डुमनी र एन्डीले फेलुकवायोले एक/एक विकेट हात पारे।

जवाफमा १ सय ८९ रनको लक्ष्य दक्षिण अफ्रिकाले खेल सकिन ८ वल हुदै भेट्टायो। अफ्रिकाका लागि हेनरिक क्लासेनले ४० बलमा ३ चौंका र ७ छक्काको मद्दतमा ७९ र जेपी डुमनीले ७४ बलमा ४ चौंका र ३ छक्काको मद्दतमा नटआउट ६४ रनको सर्वाधिक रन जोड्दै दक्षिण अफ्रिकालाई जिताए।

भारतका लागि जयदेव उनादकटले २ तथा सार्दुल ठाकुर र हार्दीक पान्ड्याले  एक/एक विकेट लिए। पहिलो ट्वान्टी –२० क्रिकेटमा भारत विजयी भएको थियो। यी दुई देशबीको तेस्रो तथा निर्णायक खेल २४ फेब्रुअरीमा हुनेछ।
 

प्रकाशित: १० फाल्गुन २०७४ ०६:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App