६ वैशाख २०८१ बिहीबार
खेल

एपिएफविरुद्ध आर्मीको जित

काठमाडौं – तेस्रो प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, पश्चिमाञ्चल विकाश क्षेत्र, सुदूरपश्चिमाञ्चल विकाश क्षेत्र र नेपाल पुलिस क्लबले बुधबार जित निकालेका छन्।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको  खेलमा त्रिभुवन आर्मीले अर्को विभागीय टोली एपिएफलाई ३–०को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकाल्न सफल भयो । आर्मीले एपिएफलाई पहिलो सेटमा २५–२१ ले पराजित गर्दा दोस्रो सेटमा २५–२२ र तेस्रो सेटमा २५–१८ ले हराएको थियो।

बुधबारै पश्चिमाञ्चलले मध्यमाञ्चललाई पनि ३–० को सोझो सेटमा पराजित ग¥यो । पहिलो सेट २५–१८ ले जितेको पश्चिमाञ्चलले दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२२ ले जित्यो । प्रतियोगिताअन्र्तगत बुधबारै सुदूरपश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–२१, २५–१९ र २५–२१ ले पराजित गर्दा बुधबारको अन्तिम खेलमा नेपाल पुलिस क्लबले पूर्वाञ्चलमाथि जित हात पार्न  २५–१०, २५–१७ र २५–११ को सेट खर्चियो।

प्रतियोगितामा बिहीबार मध्यपश्चिमाञ्चल विकास क्षेत्र र सशस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस क्लब र पश्चिमाञ्चल विकास क्षेत्र, मध्यमाञ्चल विकास क्षेत्र र पूर्वाञ्चल विकास क्षेत्र तथा त्रिभुवन आर्मी क्लब र पूर्वाञ्चल विकास क्षेत्रबीच लिग चरणका अन्तिम खेल हुनेछन्।

प्रकाशित: १० फाल्गुन २०७४ ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App