coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

वीरेन्द्र सैनिक र राजन मेमोरियल विजयी

काठमाडौं– वीरेन्द्र सैेनिक आवासीय महाविद्यालय (एसएएमबी) ‘ए’ र राजन मेमोरियल स्कुलले बुधबार ११औं प्रधानसेनापति  अन्तरविद्यालय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सुपर लिगमा विजयी सुरुआत गरेका छन् ।भक्तपुरस्थित एसएएमबीको क्रिकेट मैदानमा भएको खेलमा एसएएमबीले जेम्स स्कुललाई ६५ रनले पराजित गर्दा राजन मेमोरियलले ग्यालेक्सी  पब्लिक स्कुललाई ३७ रनले पराजित गर्यो।

एसएएमबी ले प्रस्तुत गरेको १ सय २४ रनको लक्ष्य पछ्याएको जेम्स १५.१ ओभरमा मात्र ५८ रनमा समेटियो ।जेम्सका अनिश भट्टराईले २१ रन जोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् ।जेम्सलाई सस्तोमा समेट्ने क्रममा क्ष्तिजितजंग शाही र कृष कार्कीले समान ३-३ विकेट लिए ।

यसअघि सुमन बलामीको २७ र जबाफजंग मल्लको २३ रनप्रेरित एसएएमबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २३ रनको योगफल तयार पारेको थियो ।त्यस्तै बुधबार सम्पन्न अर्काे खेलमा राजन मेमोरियलले ग्यालेक्सीको चुनौती ३७ रनले पन्छायो ।राजन मेमोरियलले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य पछ्याएको ग्यालेक्सीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १९ रन मात्र जोड्न सक्यो।

ग्यालेक्सीका ऋदन श्रेष्ठले सर्वाधक ४७ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।राजन मेमोरियलका लागि नीरज खड्काले २ विकेट लिए ।यसअघि नीरजको ३२ र अमितकुमार मण्डलको २८  रनमा राजन मेमोरियलले ६ विकेट गुमाउँदै १ सय ५६ रनको योगफल तयार पारेको थियो ।

 

 

 

 

प्रकाशित: १० फाल्गुन २०७४ ०४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App