coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अस्ट्रेलियालाई टी –२० शृंखला

अकल्यान्ड – वर्षाले प्रभावित अन्तिम ट्राइ सिरिज ट्वान्टी–२० खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई डर्क वर्थ लुइस पद्धतिका आधारमा १९ रनले पराजित गर्दै शृंखला जितेको छ ।  बुधबार सिरिज हात पारेसँगै अस्ट्रेलिया आइसिसी टी– ट्वान्टी क्रिकेटको वरीयतामा शीर्ष स्थानमा उक्लिएको छ।

अकल्यान्डमा न्युजिल्यान्डले दिएको १ सय ५१ रनको लक्ष्यसहित अस्ट्रेलियाले जबाफी ब्याटिङ गरिरहँदा वर्षाले खेल रोकिएको थियो । अस्ट्रेलियाले १४.४ ओभरमा ३ विकेट गुमाएर १ सय २१ रन जोड्दा पानी परेपछि अस्ट्रेलियाले १ सय ३ रनको नयाँ लक्ष्य पाउँदै खेल १९ रनले जित्न सफल भएको हो।

वर्षाअघि १ सय ५१ रनको लक्ष्यका साथ जबाफी ब्याटिङ गर्न आएको अस्ट्रेलियाका लागि ड्यार्सी सर्टले अर्धशतकीय इनिङ खेले । ३० बल खेलेको सर्टले ६ चौका र ३ छक्काको मद्दतमा ५० रन जोडेका थिए । यस्तै, कप्तान डेभिड वार्नरले २५ रनको व्यक्तिगत स्कोर जोड्दा ग्लेन म्याक्सवेल २० तथा एरोन फिन्च १८ रनमा अविजित रहे । न्युजिल्यान्डका एस सोधी, मिचेल सान्टनर र कोलिन मुनरोले एक विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै न्युजिल्यान्डले निर्धारित २० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै १ सय ५० रन जोडेको थियो । न्युजिल्यान्डका लागि अविजित ४३ रन जोडेका रोस टेलरले ६१ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरेका थिए ।  २५ बलको सामना गरेको ओपनर कोलिन मुनरोले ३ चौका र २ छक्काको मद्दतमा २९ रन जोडे । अर्का ओपनर मार्टिन गुप्टिलले २१ रनको इनिङ खेल्दा इश सोधीले  व्यक्तिगत १३ रन बनाए । अस्ट्रेलियाका एस्टन अगरले ३ तथा केन रिचार्डसन र एन्ड्र्यु टेयले समान २/२ विकेट लिए ।
   

 

प्रकाशित: १० फाल्गुन २०७४ ०४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App