coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

दीपक रायमाझीको अन्तिम फिल्म आउँदै

काठमाडौं–  स्व. निर्देशक दीपक रायमाझीको ‘ड्रिम प्रोजेक्ट’ का रूपमा रहेको फिल्म ‘डेस्टिनेशन काठमाडौं’ २ चैतमा देशव्यापी प्रदर्शनमा आउने भएको छ । शरद अधिकारीले निर्माण गरेको फिल्म जनपुकार मिडिया हाउसको ब्यानरमा निर्माण भएको हो।

विदेशीलाई नेपालप्रति आकर्षित गराउँदै देशको पर्यटन क्षेत्रको विकासमा सहयोग पुर्याउनुका साथै देशको राजनीतिक परिवेशले पारेको प्रभावका विषयमा केन्द्रित फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्ने लक्ष्य निर्देशक रायमाझीको थियो । तर, उनको असमायिक निधनका कारण केही समय निर्माण कार्य रोकिएको थियो । निर्माण पूरा भई विदेशका विभिन्न स्थानमा विशेष प्रदर्शन गरिएको फिल्म अब चैत्र २ गते स्वदेशका हलमा प्रदर्शन गर्न लागिएको निर्माता शरदले जानकारी दिएका छन्।

निर्देशक रायमाझीको निधनपछि अर्का निर्देशक मधुसुदन भट्टराईको कार्यकारी निर्देशनमा पूरा भएको फिल्ममा दीलिप रायमाझी, झरना थापा, सहारा मावबे, केशव भट्टराई, विक्रम मल्ल ठकुरी, रवि गिरी, विकास चापागार्इं, नरेन्द्र थापा, रामचन्द्र अधिकारी, रश्मी भट्ट, रोशनी सापकोटाका साथै बालकलाकार सृजेश अधिकारी, सत्यम अधिकारी र युनिशा लामिछाने प्रमुख भूमिकामा छन् । राजु थापा र सौरभ लामाले खिचेको फिल्ममा निखिल विश्वास, रमेश खड्का र राजन तिमिल्सिनाको संगीत छ।
 

प्रकाशित: १० फाल्गुन २०७४ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App