८ वैशाख २०८१ शनिबार
कला

गीत गाएर जीविका चलाउँदै दृष्टिविहिन

अर्घाखाँची – हाम्रो दुःख देख्ने यहाँ कोही छैन

हेला गर्दा यति मन रोछैन

पढन् अनि लेख्न पाइएन,

दुःखी जीवन विताउनु पर्योनी

यो धर्तीलाई देख्न पाइएन

बुधबार जिल्ला सदरमुकाम सन्धिखर्कको शान्तिवगैंमा लुम्बिनी अपाङ्ग, दृष्टिविहिन तथा असाहय आश्रम वुटवलका दृष्टिविहिन कलाकारहरुले गाएका विभिन्न गीतले दर्शकहरुलाई भावुक बनायो। उनीहरुले दृष्टि बिहिन भएर जीवन जिउँदाको पीडालाई गीतको माध्यबाट प्रस्तुत गरेका थिए। उनीहरुले संसार नै देख्न नपाइ अरुको सहारामा जीवन चलाउन  निकै गाह्रो भएको भाव प्रकट भएका थुप्रै गीत गाएका थिए।

तितो पिरो हुँदैन गर्नलाई

एक दिन पर्छ सबैलाई मर्नलाई

फक्रेको फूल झर्नै पर्ने रे,

कस्तो हो यो श्रृष्टिको नियम जन्मेपछि मर्नै रे

यस्तै गीत गाएर उनीहरुले थुप्रैको मन तानिरहेका थिए भने गीत गाएरै जीविको पार्जनका लागि आर्थिक जोहो पनि गरिरहेका थिए। यसै गरी विभिन्न ठाउँमा गएर उनीहरुले आर्थिक संकलन गर्दै जीविको पार्जन गरिरहेका छन्।

अर्घाखाँची जुकेनाका पदम बहादुर नेपाली आश्रमका अध्यक्ष हुन्। आफ्नमो जिल्लामा आएर गीत गाउँन पाउँदा आफुलाई निकै खशी लागेको उनले बताए। आफूहरुलाई समाजको सहारा आवश्यक भए पनि अपेक्षाअनुरुप सहयोग नपाएको उनको गुनासो छ। पहिलेका सरकारले आफुहरुलाई उपेक्षा भएपनि बर्तमान सरकारले आफुहरुका लागि केही गर्छकी भन्ने आफुहरुले आशा लिएको बताए।

यसरी गीत गाएर संकलन गरिएको रकमबाट आश्रमको भवन बनाउने आफुहरुको योजना रहेको पनि उनले बताए। बर्दियाका रामबहादुर गलामीले अरु काम गर्न नसकेपनि  गीत गाउन त्यत्ति  गाह्रो नभएको बताए।

 

प्रकाशित: ९ फाल्गुन २०७४ १३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App