coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाकिस्तानी दूतावासद्वारा पुरस्कार वितरण

काठमाडौं – पाकिस्तानी राजदूतावासले नेपाली विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ। 

होटल ह्यात रिजेन्सीमा बुधबार आयोजित समारोहमा ‘पाकिस्तानी राजदूत निबन्ध लेखन र बक्तित्व कला’ प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको हो।  

नेपाल–पाकिस्तान मैत्री संघका अध्यक्ष हिमालय सम्शेर राणा र पाकिस्तानी राजदूत मजहर जावेदले विजेता विद्यार्थीलाई सिल्ड, मेडल, कास्य, नगद र प्रमाणपत्र प्रदान गर्दै पुरस्कृत गरे।

प्रतियोगितामा प्रथम हुनेलाई ४०, द्धितीयलाई ३५ र तृतीयलाई ३० र चौथोलाई २० हजार नगद प्रदान गरियो। उत्कृष्ट १० जनालाई ५ हजार र कक्षा १२ का विद्यार्थीलाई १ हजार ५ सय रुपैयाँ नगदसहित पुरस्कृत गरिएको दूतावासले जनाएको छ।

प्रकाशित: ९ फाल्गुन २०७४ १२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App