coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

स्थानिय तहले सदरमुकामलाई चोट

रोल्पा सदरमुकाम लिवाङ

रोल्पा–देश संघीयतामा गए संगै सकृय भएका स्थानिय तह र त्यहाँ वरपरको चहल पहल बढेको छ । नयाँ नयाँ मान्छेको ओहोर दोहोर अनि जमघटले गाउँहरुमा रौनक थपिएको छ । ब्यक्तिगत तथा सामुहिक स्वार्थ रहेका र कुनै स्वार्थ नभएका सबैमा खुसि छाएको छ । तर जिल्लाको स्थापनाकाल देखि बर्षौ सम्म रौनकमा रहेका सदरमुकामहरुको तडक भडक भने घट्दै गईरहेको छ । पछिल्लो समय रोल्पा सदरमुकाम लिवाङ पनि सुनसान बन्दै गईरहेको देखिन्छ । ब्यापार ब्यबसाय घट्दो क्रममा छ भने होटल ब्यबसायीहरु सकसमा परेका छन ।

होटल र किराना पसल मात्र होईन सबै प्रकारका ब्यापार ब्यबसाय खस्कदै गएको छ । ‘ब्यापार घट्ने त सामान्य नै भयो । अधिकार सहितको स्थानिय तह भए संगै सबै सरकारी सुबिधा गाउँ पुगेका छन । गाउँगाउँमा सडक छन ।

‘व्यापार त धेरै घट्यो । करिब करिब ३५ प्रतिसत जति कम छ । पहिले बिभिन्न सरकारी काम काजले गाउँगाउँबाट आउनेहरुले किनमेल गर्थे । मान्छेको भिडभाड हुन्थ्यो । अहिले त सुनसान छ । हुने पनि भयो सबै काम गाउँमा हुने भए पछि सदमुकाम किन आउन । गाउँमै अफिस मात्रै होईन सडक पनि पुगेका छन । यहाँ पाईने सबै चिज उतै पाईन थाल्यो ।’ २०४२ साल देखि रोल्पा सदरमुकाम लिवाङमा ब्यापार गर्दै आएका श्रेष्ठ किराना पसलका बैकुन्ठ श्रेष्ठले भने । ‘अचम्मै संग ब्यापार खस्कियो । गाउँ चम्केका छन बजार सुनसान हुन थाल्यो।’

किराना पसलमा वा अन्य ब्यापारीलाई भन्दा बढि मार होटल ब्यबसायीलाई परेको छ । केहि होटेलहरु त बन्द नै भईसकेका छन् । ‘पहिला पहिला यो सिजनमा भ्याई नभ्याई हुन्थ्यो । अहिले त सुनसान छ । सरकारी कार्यालय सबै गाउँतिर गए । गैर सरकारी कार्यालय पनि गाउँपालिका तिर बस्न थाले । आज भोलि निरन्तर तालिम हुन्थ्यो । कोठा भरिभराउ हुन्थ्यो ।’ रोल्पा गेष्ठ हाउसका तेजबहादुर बुढाले भने । बिषेश गरि जिल्लामा सबै भन्दा बढि मार होटल ब्यबसायलाई नै परेको छ । दैनिक जसो बिभिन्न तालिम वा कार्यक्रम संचालन गर्ने कृषि, पशु, स्वास्थ्य, महिला बिकास, शिक्षा जस्ता कार्यालयहरु गाउँपालिका तिर हिडे पछि उनिहरु सकसमा परेका हुन ।

होटल र किराना पसल मात्र होईन सबै प्रकारका ब्यापार ब्यबसाय खस्कदै गएको छ । ‘ब्यापार घट्ने त सामान्य नै भयो । अधिकार सहितको स्थानिय तह भए संगै सबै सरकारी सुबिधा गाउँ पुगेका छन । गाउँगाउँमा सडक छन । आवश्यकीय कुराहरु घर छेउमा पाईने भए पछि यहाँको चहल पहल कम हुनु सामान्य हो’ सुबिधा स्टेसनरीका किशोर आचार्य भन्छन् । अरु क्षेत्रमा जस्तै स्वास्थ्य ब्यवसायमा पनि स्थानिय तहले असर गरेको छ । विशेषगरि निजी मेडिकल र अस्पतालहरु पनि केहि समय यता सुनसान जस्तै बनेका छन्। ‘ठुलो असर गरेको छ । करिब करिब ५० प्रतिसत ब्यापार खस्केको छ । नियमित आउनेहरु त आएकै छन तर गाउँगाउँबाट आउनेको संख्या जिरो जस्तै भएको छ । मेडिकल मात्रै हैन सबै क्षेत्रका ब्यबसाय सुनसान छन्।’ शिव मेडिकलका शिव प्रसाद आचार्य भन्छन् ।

अहिले ब्यबसायीलाई आहत भए पनि जनतालाई भने राहत पुगेको छ । सानो सानो कामले पनि सदरमुकाम धाउनु पर्नेहरु घरगाउँमै सेवा पाए पछि मख्ख छन् । सदरमुकामका घरहरु सुनसान बनेसंगै स्थानिय तह केन्द्र बरपरका घरहरु भरिभराउ छन् । पक्कि घरहरु नभएपनि कच्चि घर रंग रोगन गरेर ब्यबसायी मैत्रि बनाईदै छन् । घर जग्गाको भाउ आकासिएको छ । दिनभरी ग्राहकको प्रतिक्षामा बस्नेहरुलाई भ्याई नभ्याई छ । रिटेलिङका गाडिहरु दैनिक ओहोर दोहोमा ब्यस्त हुन्छन् । गाउँमा तराईकै भए पनि तरकारी र फलफुल देख्न पाईन थालेको छ ।

प्रकाशित: ९ फाल्गुन २०७४ ११:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App