७ वैशाख २०८१ शुक्रबार
कला

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

मुम्बई – बलिउडको बहुप्रतिक्षित फिल्म ‘बागी २’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मका प्रमुख कलाकार टाइगर श्राफ र दिशा पटानीले मुम्बईको पीवीआर थियटरमा ट्रेलर लञ्च गरेका हुन्। 

२ मिनेट ४५ सेकेण्डको ट्रेलरमा टाइगर र दिशाको दमदार केमेस्ट्रीका साथै जबरजस्त एक्सन समावेश गरिएको छ। टाइगरको स्टन्ड र डाइलगलाई दर्शकले मन पराएका छन्। ट्रेलरमा टाइगरलाई ‘वन म्यान आर्मी’ भनेर सम्बोधन गरिएको छ।

बागी २ मार्फत टाइगरले गर्लफ्रेण्ड दिशासँग पहिलोपटक रोमान्स गर्दै ठूलो पर्दामा स्क्रिन शेयर गरेका छन्।

३० मार्चमा प्रदर्शन हुने फिल्ममा टाइगर र दिशाका अलावा रणदिप हुड्डा, मनोज वाजपेयी र प्रतिक बब्बर मुख्य भुमिकामा छन्। अहमद खानले निर्देशन गरेको फिल्म २०१६ मा प्रदर्शन भएको ‘बागी’को फ्रेन्चाइज हो।

 

प्रकाशित: ९ फाल्गुन २०७४ ११:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App