४ वैशाख २०८१ मंगलबार
कला

प्रगतिकाे ‘बिर्सिएको मृत्यु’

काठमाडौं –  कवि तथा साहित्यकार प्रगति राईको दोस्रो उपन्यास ‘बिर्सिएको मृत्यु’ लोकार्पण भएको छ ।
उपन्यासमा नेपालमा ०७२ सालमा गएको भूकम्पको प्रकोप, भूकम्पले पारेको पारिवारिक बिखण्डन जस्ता मूल विषयमा आधारित रहेर लेखिएको लेखिका राईले बताइन्।

‘भूकम्पले परिवारै सखाप पारेर बच्न सफल पात्रहरूको जीवनको मूल्यवोधलाई उतार्ने कोसिस गरेको हुँ,’ राईले भनिन् । भूकम्प जाँदा आफू प्रवासमा रहेको र पछि फर्केर आएर प्रभावित क्षेत्रमा अध्ययन गरेपछि उपन्यासको रूप दिएको उनले बताइन् ।कृतिमाथि बोल्दै स्रष्टा तथा समीक्षकहरूले उपन्यासको फरक धारको रहेको टिप्पणी गरे । ‘पुस्तकको बीचमा यसको स्थान कहाँ हुन्छ ? भन्ने कुरा हैन, फरक समुदायकी राईको लेखनमा हस्तक्षेप नै भिन्न स्थान हो,’ कवि संगीत स्रोताले भने।

पुस्तकमा निम्नवर्गीय जीवनको संकट र मनोविज्ञानको उठान, पारिवारिक विघटन, पतिपत्नी सम्बन्ध, पारपाचुके जस्ता विषयको उठानले उपन्यास रोचक र यथार्थ बनेको टिप्पणीकारहरूले बताए । पुस्तकमाथि विप्लव प्रतीक र उज्जल प्रसाइँले टिप्पणी गरेका थिए ।राईको ‘वादी विज्ञप्ति’ कविता संग्रह र ‘लेखककी स्वास्नी’ उपन्यास प्रकाशित छन् । पुस्तक ‘इण्डिगो’ प्रकाशनले बजारमा ल्याएको हो ।
 

प्रकाशित: ९ फाल्गुन २०७४ ०६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App