७ वैशाख २०८१ शुक्रबार
समाज

चोरी हुन थाल्यो कमल

रुकुम- सिस्ने गाउँपालिका वडा नं. ५ मा रहेको कमल दहमा पाइने कमल चोरी हुन थालेको छ। सरोकारवाला निकायको उदासिनताका कारण कमल चोरी हुन थालेको हो।

दैनिक जसो कमल निकालिन्छ। महिलाहरु कपडा धुन, नुहाउँने बहानामा कमल चोरी गर्ने गरेको सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले जानकारी दिइन्। थाहा नदिई लुकी छिपी कमल चोरी हुने गरेको उनले बताइन्। तर दिउँसो नै यहाँ कमल चोरी हुने गरेको छ । कमल दह संरक्षण समिति निष्कृय भएपछि यसको संरक्षण वडालाई दिइएको थियो । वडाले यस वर्ष टेन्डरवाट कमल निकाल्न खोजेको थियो । ‘वडाको जिम्मामा आएपछि यहाँका केहि व्यक्तिहरुले गलत फाइदा उठाएका छन्’ वडा अध्यक्ष शान्तवहादुर नेपालीले भने, ‘हामी यसलाई रोक्छौं।’

‘पहिला पनि यहाँ करिब ९० हजारमा कमल टेन्डरमा दिइएको थियो’ वडा अध्यक्ष नेपालीले भने, ‘अहिले पनि टेन्डर मार्फत जाने कुरा भएको छ।’ फागुन महिनामा टेन्डरको आब्हान गरेर कमल निकालिने उनले जानकारी दिए। सदरमुकामको माग गर्दै रुकुमकोटमा आन्दोलन भई रहुँदा यसको प्रक्रियामा ढिला भएको अध्यक्ष नेपाली बताउँछन्। यहाँको कमल चोरी हुँदा वर्षेनी कम हुँदै गएको उनले बताए।

दैनिक जसो दर्जनौं व्यक्तिले यहाँवाट कमल चोरी गर्ने गरेका छन्। यसको संरक्षण र चोरी निकासीमा वडा कार्यालयले चासो देखाउनु पर्ने स्थानीय बलवहादुर शाहीले बताए। यो जिल्लाको गहना भएकाले पनि यसका संरक्षण खाँचो रहेको उनले बताए । जिल्लामा यहाँ मात्र कमल पाइन्छ। यहाँको कमल जिल्ला बाहिर समेत जानेको छ। जन्डिस लगाएत औषधीको रुपमा प्रयोग हुने भएपछि यसको महत्व बढेको हो।

प्रकाशित: ७ फाल्गुन २०७४ ११:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App